नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6806 · वि.सं. २०५६
नि.नं. 6806 — वकसपत्र लिखत दर्ता वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ वमोजिम पुनरावेदनको अनुमतिको लागि परेका निवेदनमा पुनरावेदन अदालतले कारवाही किनारा गरी गरेको निर्णय उपर सोही ऐनको दफा १३(७) को आधारमा पुनरावेदनको अनुमति पाउं भन्ने निवेदन पुनः यस अदालतमा लाग्ने हुंदा यस अदालतले सोही वमोजिमको मार्ग अवलम्वन गर्दै आएको अवस्था समेत रहि आएको छ । यस प्रकार उल्लेख भए वमोजिम शुरुमा जिल्ला अदालतले कारवाही किनारा गरी तत्कालीन कोशी अंचल अदालतले पुनरावेदन सुनी निर्णय गरे उपर पुनरावेदनको अनुमतिको लागि निवेदन परी अनुमति प्रदान भई गरेको फैसला उपर पुनरावेदनको अनुमतिको लागि निवेदन दिनु पर्नेमा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) को आधार लिई यस अदालतमा परेको पुनरावेदन लाग्न सक्ने अवस्थाको नै नदेखिंदा त्यस्तो पुनरावेदन खारेज गर्नु पर्नेमा नगरी गरेको यस अदालत संयुक्त इजलासको मिति २०५१।३।१२ को फैसला कानून अनुरुपको नदेखिंदा सो फैसला वदर हुने। (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6806 |
|---|---|
| मुद्दाको विषय | वकसपत्र लिखत दर्ता वदर । |
| निर्णय वर्ष / मिति | 2056/08/02 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6806 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
