नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6795 · वि.सं. २०५६
नि.नं. 6795 — गाली वेइज्जती ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीको व्यक्तिगत चरित्रलाई लिएर प्रतिवादीले विवादित सामाग्री प्रकाशित गरेको नभई वादीको व्यापारिक हैसियतका सम्वन्धमा लेखिएको देखिन आउंदछ । वादीले गरेको व्यापारका विषयमा खोतल्न भन्ने विचार राज्यको ध्यान आकर्षित गर्ने उद्देश्यले गरेको हो वेइजत गर्ने उद्देश्यले होइन भन्ने प्रतिवादीको प्रतिरक्षात्मक भनाइ रहेको देखिन्छ । वादी एक प्रतिष्ठित व्यापारी भएको, त्यस्तो व्यापारिको कृयाकलापले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने सार्वजनिक चासो हुन जाने हुंदा त्यस्तो विषयमा ध्यानाकर्षण गराउनुलाई वदनियत पूर्ण वेइजतिको कार्य भनी हाल्न उचित पनि नदेखिने । (प्र.नं. १३) § गाली वेइजती मुद्दामा व्यक्तिगत चरित्रमा प्रष्ट रुपले आंच आउने कार्य भएको एकिन गर्न सक्ने हुनु पर्दछ । प्रतिवादीको वेइजत गर्ने नियत पनि पुष्टि हुनु पर्दछ । सामान्य गोश्वारा प्रकृतिको अभिव्यक्तिबाट वेइजतिका तत्वहरु स्थापित भएको भन्न मिल्दैन । संविधानद्वारा प्रत्याभुत विचारको अभिव्यक्तिको स्वतन्त्रता अभिव्यक्तिको भाषा, शैलि र प्रकृतिमा निर्भर गर्ने नभई कानूनले किटेको दण्डनीय घेरा भित्र प्रष्टरुपले पर्नु पर्ने हुन्छ । तसर्थ प्रतिवादीले वादीको वेइजती नै गर्ने नियतबाट सो छापी वादीको वेइजति गरेको भन्न नमिल्ने हुंदा वेइजती ठहर गरेको शुरु जि.अ.को इन्साफ उल्टी गरि प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिने गरी गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै हुंदा सदर हुने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6795 |
|---|---|
| मुद्दाको विषय | गाली वेइज्जती । |
| निर्णय वर्ष / मिति | 2056/01/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6795 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
