नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6786 · वि.सं. २०५६
नि.नं. 6786 — भाडा दिलाई घर खाली ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ रौतहट जिल्ला अदालतले सत्यमायाको वयानमा उल्लेखित पत्र अदालतले समेत सक्कलै दाखिल गर्नु भन्ने व्यहोराको मिति २०५०।८।२१ मा आदेश भएको पनि देखियो । फैसला गर्दा अधिकार पत्रको सक्कल दाखिल गर्न नसकेको भन्ने र २०२१।६।१ को लिखत वारेमा पनि अ.वं. ७८ नं. वमोजिमको प्रकृया अपनाई विवेचना भएको राय ठहरबाट देखिन्छ । उल्लेखित २०१४।९।१७ को लिखत सक्कलै दाखिल गराई अदालती वन्दोवस्तको ७८ नं. को प्रकृया अपनाउनु पर्ने तथा २०२१ सालको लिखतको मुल्याकंन गर्नुपर्ने अवस्था मिसिलबाट देखिन आयो । न्याय प्रशासन ऐन, २०४८ को दफा १४ ले पुनरावेदन अदालतबाट नै हुन सक्ने कुरामा शुरु रौतहट जिल्ला अदालतको फैसला वदर गरी शुरु अदालतमा पुनः इन्साफ गर्न पठाएको पुनरावेदन अदालत हेटौंडाको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १४(घ) को प्रतिकूल समेत हुंदा वदर गरी दिएको छ । अव आफू कहां परेको पुनरावेदनमा ७५ वर्ष नाघेको वृद्ध समेत संलग्न भएको मुद्दा देखिएकाले प्राथमिकतामा राखि कानून वमोजिम जे जो वुझनु पर्छ वुझी चांडो कारवाही किनारा गर्नु भनि हाजिर रहेका पक्ष विपक्षलाई तारेख तोकि मिसिल पुनरावेदन अदालत हेटौंडामा पठाई दिने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6786 |
|---|---|
| मुद्दाको विषय | भाडा दिलाई घर खाली । |
| निर्णय वर्ष / मिति | 2055/08/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6786 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
