नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6790 · वि.सं. २०५६
नि.नं. 6790 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घटनास्थल प्रकृति मुचुल्कामा लाश फेला परेको इनारलाई बाहिरबाट फलामे जालीले ढँकिएको भनी उल्लेख भएको रहेछ । उक्त जाली हटाइएको अवस्था समेत देखिएन । आफै हाम फाल्ने व्यक्तिले हटाएको फलामे जाली हटेकै अवस्थामा रहनु पर्ने हुन्छ । फलामे जाली हटेको अवस्था नदेखिंदा कुनै व्यक्तिले इनारमा फाली जाली यथावत रुपमा राखेको हुन सक्ने अवस्था देखिन आउंछ । सोही लाश जांच प्रकृति मुचुल्का हेर्दा दुवै आंखा बन्द रहेको, मुख अर्ध खुल्ला, रहेको तलको चारवटा दांत देखिएको शरीरमा कहिं कतै चोटपटक निलडाम, घाउ, खत आदि केही नदेखिएको, दुवै हात फैलिएको र दुवै खुट्टा अर्ध खुम्चिएको अवस्थाबाट समेत मृतक लक्ष्मी स्वयं इनारमा हामफाली बाच्ने संघर्ष गर्दा पर्न सक्ने घा खत समेतको अभाव देखिंदा कुनै व्यक्तिले निजलाई मारी इनारमा फाली इनार वाहिरको फलामे जाली समेत ठिक दुरुस्त अवस्थामा राखेको हुन सक्ने देखिन आउंछ । अव कस्ले निज लक्ष्मी श्रेष्ठलाई मारेको हुन सक्तछ भन्ने तर्फ विचार गर्दा अन्य कुनै व्यक्तिको संभावना मिसिलबाट देखिन आएको छैन । आफ्नो स्वास्नी अर्कासंग बिग्रिएको देख्दा लोग्नेलाई रिस उठनु र लोग्ने स्वास्नी वीच विवाद हुनु अस्वभाविक देखिंदैन । सोही पृष्ठभुमिमा प्रतिवादी राजकुमार श्रेष्ठले मृतक लक्ष्मी श्रेष्ठलाई कर्तव्य गरी मारेको ठहर्याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. ३७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6790 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2055/08/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6790 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
