नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6803 · वि.सं. २०५६

नि.नं. 6803 — अंश हक कायम नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ २०३४।२।३१ को वक्सपत्रमा शेषपछिको वक्सपत्र भन्ने उल्लेख भएको र यस्तो शेषपछिको वक्सपत्रदाताको जीवनकालमा जहिले पनि वदर गर्न सक्ने हुंदा लिखतको प्रकृतिवाट नै दाताको शेषपछि क्रियाशील हुने हो । यस अदालतको झगडीया झिकाउने आदेशमा आजैका मितिदेखि भोगचलन गर्ने गरि वक्सपत्र दिएको हुंदा झगडिया झिकाउने आदेश गरेको भएतापनि भोगको अधिकार Possessory Right वाट मात्र हक हस्तान्तरण हुदैन जग्गाको स्वामित्व Ownership पनि हस्तान्तरण हुनुपर्छ साथै एक अंशियार रामरतिको स्वर्गवास भैसकेकोले दुई अंशियारका वीचमा मात्र अंशवण्डा हुनु पर्ने भन्ने हकमा रामरतिले वण्डा छुट्याई आफ्नो हक जति सर्वजित अहिरलाई हस्तान्तरण गरेको भन्ने देखिन्छ । तसर्थ अंशियारको संख्या घटबढ गर्न मिलेन । रामरतिको अंश खाने सर्वजित भएकोले ३ भागको २ भाग वण्डा छुट्याउने ठहर्‍याएको र शेषपछिको वक्सपत्रको जग्गा वण्डा नलाग्ने गरेको निर्णय ने.का.प. २०४१ नि.नं. २०८४ र अंशवण्डाको १८ नं. वमोजिम ०३४।२।३१ को शेषपछिको वक्सपत्रवाट ०३९।७।२ मा वादीको हक हुन आएको सम्पत्तिमा वण्डा लगाउने गरेको हदसम्मको शुरुको फैसला मिलेको नदेखिई सो हदसम्म वदर गरी केही उल्टी हुने ठहर्‍याएको पुनरावेदन अदालत वुटवलको फैसला मुनासिव देखिदा सदर हुने । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6803
मुद्दाको विषयअंश हक कायम नामसारी ।
निर्णय वर्ष / मिति2055/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
उद्धरण सन्दर्भने.का.प. २०५६, नि.नं. 6803
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्