नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6809 · वि.सं. २०५६
नि.नं. 6809 — लिखत वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीले दावी गरेको जग्गा विपक्षी सेती प्राविधिक शिक्षालयले शुद्ध लेनदेन व्यवहारको महल वमोजिमको प्रकृयालाई मात्र पुरा गरी लिएको भन्ने कुरा देखिन आउंदैन । जिल्ला प्रशासन कार्यालयले सेती प्राविधिक शिक्षालयका लागि वादी दावीको जग्गा अधिग्रहण गर्ने गरी प्रकाशित सूचना एवं सो अनुरुप जग्गा प्राप्ति ऐन, २०३४ अनुसार भए गरिएका अन्य काम कारवाही उपर यी पुनरावेदक समेतले जग्गा प्राप्ति ऐनको दफा ११ ले तोकि दिएको म्यादभित्र कुने उजुर वाजुर गर्न सकेको देखिदैन । प्रतिवादी छत्रराज ओझाले आफ्नो प्रतिउत्तरमा मुआव्जा वापत प्राप्त जग्गाको रकम भाइहरुलाइ दिएको, तर नवरजा ओझाले वुझि लिन नमानेको हो भनी उल्लेख गरेको पाइन्छ । प्रस्तुत मुद्दामा शुरुमा नवराज ओझा सहित ९ जनाको फिराद परेको भएपनि पुनरावेदन अदालतमा ८ जनाको मात्र र सर्वोच्च अदालतमा ४ जनाले मात्र पुनरावेदन दायर गरी अन्य प्रतिवादीहरुले शुरु एवं पुनरावेदन अदालतको फैसलामा चित्त बुझाई वसेको स्थिति पनि देखिन आउंछ । उपरोक्त कारण एवं आधार प्रमाणबाट वादी दावी वमोजिम प्रतिवादी छत्रराजबाट मिति २०४८।६।१५ मा प्रतिवाद मध्येका डोटी सेती प्राविधिक शिक्षालयलाई राजिनामा पारीत गरी दिएको लिखत वदर हुन नसक्ने ठहर गरी शुरु डोटी जिल्ला अदालतले गरेको पुनरावेदन अदालत दिपायलको मिति २०५१।९।५।३ को फैसला मुल रुपमा मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6809 |
|---|---|
| मुद्दाको विषय | लिखत वदर |
| निर्णय वर्ष / मिति | 2056/03/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6809 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
