नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6787 · वि.सं. २०५६
नि.नं. 6787 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी प्रतिवादी वीच चल सम्पत्ति वण्डा गर्ने गरी २०११।४।१२ मा भएको लिखत पेश भएको र मिति २०११।४।१२ को लिखतलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेको पाइदैन । यस स्थितिमा उक्त मिति २०११।४।११ लाई नै मानो छुटिृएको मिति कायम हुने । (प्र.नं. १८) § वादी प्रतिवादीहरु समेतबाट पेश भएको तायदातीमा उल्लेखित जग्गा पैतृक सम्पत्ति देखिएको र प्रतिवादीले वण्डा हुनु नपर्ने भनि जिकिर लिए तापनी स्वतन्त्र प्रमाणबाट उक्त सम्पत्ति निजी आर्जनको भई वण्डा नलाग्ने हो भनि पुष्टि गर्न सकेको पाइदैन । तसर्थ प्रेम कुमारले छोडपत्रबाट पाएको जग्गा मध्ये अंश मुद्दा पर्नु अघि अन्यत्र हक हस्तान्तरण भई वांकी रहेको जग्गा र अन्य अंशियार विमला कुमारी मिश्र तथा गोपीप्रसाद मिश्र समेतले पाएको छोडपत्रको जग्गा समेतबाट ३ भागको १ भाग अंश वादीले पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6787 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2055/11/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री टोपवहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५६, नि.नं. 6787 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
