सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३८ / ४४०

नि.नं. 50वि.सं. २०१६पूर्ण इजलास

लेनदेन किर्र्ते जालसाजी

(१) ०७ सालमा खड्गनिसान भई छिनीएका मुद्दाको सम्बन्धमा ०१०।४।५।३ मा श्री ५ बाट सदर गरी बक्सेको निर्णय ०७।०१२ सम्म छिनिएका मुद्दा दोहोराई हेर्ने ०१४।१।१० मा गजेटमा प्रकाशित भएको शाही आदेश–०७ साल भन्दा अघि छिनेको मुद्दा दोहराई हेर्न नमिल्ने ठहरी सर्वोच्च अदालत फुल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 49वि.सं. २०१६पूर्ण इजलास

लिखत बदर गरी पाउँ

(१) जिरायतमा गाभिने जग्गा अर्काका नाउँमा दर्ता हुँदैमा–आफैंले भोग गरेको र भोग चलनको रसिदहरू जम्मै आफैंसँग भएकोमा–दर्ताको नाताबाट सो जग्गा जान सक्तैन । मधेश मालको सवालको १८ दफाले म्यादभित्र साविक जिमिदारले बाँकी नबुझाए त्यस्ता जिमिदारका नाउँमा दरिएको जिमिदारी म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 48वि.सं. २०१६पूर्ण इजलास

ठेक्काको हिस्सा मुनाफा दिलाई पाउँ

(१) श्री ५ बाट भएको हुकुम प्रमांगीबाट मुद्दा दोहर्‍याई इन्साफ जाँच गर्नलाई– दोहोर्‍याई दिनु भन्ने वा इन्साफ जाँची दिनु भन्ने किटानीसाथको प्रमांगी चाहिने–सो नभए मुद्दा दोहोर्‍याई इन्साफ जाँची हेर्न नमिल्ने । बक्स भई आएको हुकुम प्रमांगीमा दोहोर्‍याई दिनु भन्ने र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 47वि.सं. २०१६पूर्ण इजलास

पटक–पटक छिनीई सकेको कुरामा फेरी कारवाई चलाई मैनेजिङ्ग डाइरेक्टरसिपबाट हटाउन खोजे, प्रतिषेधको पूर्जि पाउँ

(१) यसमा उद्योग बाणिज्य खाद्य सिविल सप्लाईज बिभागका सेक्रेटरीले पटक–पटक छिनीसकेको कुरामा निवेदक माथि फेरी कारवाई चलायो । कम्पनी कानूनमा केही व्यवस्था नभए पनि निवेदकलाई मैनेजिङ्ग डाइरेक्टरसिपबाट हटाउन खोजी गैरकानूनी ढङ्गबाट ७ दिने म्याद दिई झिकाई रोजगार उद्योग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 46वि.सं. २०१६पूर्ण इजलास

राजिनामा बदर

(१) ठगीको १ नं.–ठगीमा म्याद पछिको उजुर भन्ने प्रतिवादीको प्वाइन्ट नलाग्ने । ठगीको १ नम्बर ऐनले ठगी ठहर्ने हुनाले ३।। बर्ष पछि उजुर गरेको भन्ने यस मुद्दामा यो प्वाइन्ट नलाग्ने । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 45वि.सं. २०१६पूर्ण इजलास

अंश दपोट धनमाल मानाचामल समेत

(१) अंशबण्डाको ४६ नं.–दपोट गर्ने मानिसको भाग नदबाउने अंशियारले पाउने । अंशबण्डाको ४६ नं. ले दपोट गर्नेको भाग र वादीको भाग समेत वादीले दपोट गर्नेबाट भरी पाउने ठहर्छ । (प्रकरण नं ३) (२) सगोलका घर जग्गामा घर बनाउनलाई अरु अंशियारको मञ्जुरी लिनपर्ने । सो नगरी त्यस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 44वि.सं. २०१६पूर्ण इजलास

रिभ्यू गरी पाउँ भन्ने

(१) एक पटक रिभ्यूबाट इन्साफ जाँच गराई सकेकोमा–फेरी रिभ्यू दिन ल्याए नलाग्ने । एक पटक रिभ्यू मागी इन्साफ जाँच गराई सक्ने उसै पक्षले पूनः दिन ल्याएको रिभ्यूको निवेदन लाग्न सक्दैन भन्ने ०१५।५।२१ गते फुल कोर्टबाट निर्णय भईसकेको देखिएकोले निवेदकको रिभ्यू गरी पाउँ भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 43वि.सं. २०१६पूर्ण इजलास

लेनदेन

(१) साहु आसामीको २ नं.– तमसुक भएका मितिले १० बर्ष भित्र रीतपूर्वकको भाखापत्र गराएको भए मात्र भाखापत्र गराएको भए मात्र भाखापत्र भएको मितिले फेरी १० बर्षको हदम्याद पाउने–गैरकानूनी ढंगबाट आयस्ता रोकेकोलाई म्याद भित्रको उजुर र भाखा करारको स्पष्ट शब्दको लिखत बेगर भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 42वि.सं. २०१६संयुक्त इजलास

आर्य समाजी

(१) कस–कसलाई आर्य समाजी मतमा ल्याए लगाए भन्ने किटानी उजुर नभएमा–सो मतमा गै सकेको र अरूलाई प्रचार गरी ल्याई सकेको नदेखिएमा–सरजमिनको आधारबाट पूरै कसूरबन्द ठहराई सजाय गर्न नमिल्ने । आर्य समाज धर्म प्रचार गरी कुनै मानिसलाई त्यस धर्ममा लगाई सकेको भन्ने किटानी साथको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 41वि.सं. २०१६पूर्ण इजलास

डाक रोकी पाउँ

(१) नेपाल कानून–बिदेशको व्यवहारलाई लाग्न नसक्ने । बिदेशको व्यवहारलाई नेपालको कानून लाग्न नसक्ने । बिदेशमा बक्स पाएको सदर वा बदरको इन्साफ यहाँबाट हुन नसक्ने । (प्रकरण नं. ५) (२) ससुरबाट भरी पाउने बिगो–बुहारीले बिदेशको मौजा बन्धकी राखी नेपालमा लिएको मौजाबाट–भरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 40वि.सं. २०१६विशेष इजलास

थुनछेक

(१) नेपाल अन्तरिम शासन विधान, २००७ को दफा ३६– ऐन सवाल बर्खिलाफ काम गरेकोमा प्रधान न्यायालयबाट ऐनबमोजिम गराउन आदेश भएमा–अटेर गर्नेले असयोग गरेको देखिने । ऐन सवाल बर्खिलाफसँग मानिस थुनामा राखी कारवाई गरेकोमा उजुर परी प्रधान न्यायालयबाट ऐनबमोजिम गराउन आदेश भई आफ्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 39वि.सं. २०१६संयुक्त इजलास

लिखत जालसाजी

(१) नालिस दिन जाने मानिस– सक्कल तमसुक बाहिर छाडी अड्डा भित्र गएको भन्न नहुने । सक्कल तमसुक आफ्नु साथमै लिई नालिस दर्ता गर्न जानु पर्ने सो नालिस दर्ता भएको भए सो नालिस दर्ता हुँदाका साथ सो तमसुकको नक्कल पेश गर्नुपर्ने । सो पेश गर्नालाई सक्कलसँग रूजु बाजू भई सक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 38वि.सं. २०१६संयुक्त इजलास

गुठी

(१) दान दातव्यको ३ नं.–आफ्नो नातेदारलाई दान दातव्यपत्र पनि लेखी दिन नहुने लेखेको भए ऐनले सदर नहुने । बदर हुने ठहर्छ । दान दातव्यको ३ नम्बरको ऐनले आफ्नो नातेदारहरूलाई दान दातव्यपत्र भनी लेखि दिन नहुनेमा आमा नयनकुमारीले छोरी वादीहरूलाई दातव्यपत्र भनी लेखी दिएकील…

नजिर सार पढ्नुहोस् →
नि.नं. 37वि.सं. २०१६पूर्ण इजलास

बेरीतसँग थुने

(१) व्यक्तिगत स्वतन्त्रता ऐनको दफा ४ सार्वजनिक सुरक्षा ऐनबमोजिम मैजिष्ट्रेटले कारवाई गरी सकेकोमा–गरेको कारवाई ऐन सवालबमोजिम भएको छ, छैन भन्ने प्रश्न उठेमा–व्यक्तिगत स्वतन्त्रता ऐनको दफा ४ अन्तर्गत अदालतले विचार गर्न हुने । मैजिष्ट्रेटको कारवाई ऐन सवालबमोजिम भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 36वि.सं. २०१६संयुक्त इजलास

आगलागी ज्यान

(१) आगो लगाउनेको ४ नं. ज्यानसम्बन्धीको २५ नं. र दण्डसजायको ९० नं.–जानी जानी मानिस भएको घरमा आगो लगाई ज्यान मार्नेलाई दामलको सजाय हुने । अभियुक्त सावित भएको कारणबाट समेत घरमा आगो लगाएकोले बालक मर्न गएको बखत ज्यानसम्बन्धीको २५, आगो लागउनेको ४ नं. दण्डसजाय ९० नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 35वि.सं. २०१६संयुक्त इजलास

जग्गा बाली

(१) बाँकी बाली पाउँ भन्ने वादी दावीमा–प्रतिवादी सावित भएमा–बाँकी बाली बुझाउनु पर्ने आफ्नो लेना भए ऐनबमोजिम नालिस गर्नुपर्ने । वादीका दावीबमोजिमको बाली पाउँ भन्नेसम्म तुयुसिंह सावितै हुनाले आफ्नो लेना भए ऐनबमोजिम नालिस गरी लिनु पर्ने, तिर्जा बाली रोकी राख्न नहु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 34वि.सं. २०१६संयुक्त इजलास

सुन बिदेश निकासी

(१) २०१०।३।२३ मा गजेटमा प्रकाशित सुनचाँदिको र जवाहरात जडान भएको माल निकासी गर्ने सवालको दफा २ र निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ७।०१० सालको सवालको दफा २ को रीत नपुर्‍याई सुन बिदेशतर्फ लैजान लागेको बयान र अरू स्थितिबाट देखिन आएमा–कानून बर्खिलाफ बिदेश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 33वि.सं. २०१६संयुक्त इजलास

दोहरा लिखत

(१) अदालतीको बन्दोबस्तको ८४ नं.–हाकिमका नाउँमा कराउनेको ९ नं. बमोजिम छलफलमा झिकाएका अर्जी खबरसम्म गर्न नपाउने झगडीया म्याद भित्र हाजिर हुन नआएमा–अदालती बन्दोबस्तको ८० नं. ले छिन्न अड्काउ नहुने मुद्दा नछिनिई बाँकी रहेमा – गुज्रेको म्याद थाम्न हुने । हा.क.९ नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 32वि.सं. २०१६संयुक्त इजलास

थैली बुझाइ पाउँ

(१) रजिष्ट्रेशनको ३ नं.–कसैबाट जग्गामा हक छुटाई वा बकसपत्र गराई लिएको लिखतमा–रजिष्ट्रेशन पास हुनपर्ने– पास नभएकोमा हक नपुग्ने । जब्रुमा जीवितै रहेको भन्ने लेखिएको र निजबाट हक छुटाई वा बकसपत्र गराई लिएको लिखत रजिष्ट्रेशन पास भएको छ भन्न नसकेकोले हक नपुग्ने । (प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 31वि.सं. २०१६पूर्ण इजलास

ज्यान

(१) परिस्थितिबाट वारदात परिचयवाला व्यक्तिबाटै भएको देखिई त्यस्तो अपराधीहरू एकमुख भई अरूलाई समेत अड्डाली पैले सावित भएमा कुटी सिकाई सावित गराएको उजुर भई दोहार्‍याई भएको सरजमिनबाट पनि कुटपिट वा सिकाई झुट्टा सावित गराएको नदेखिएमा अपराध गरेको ठहरिने । यस मुद्दामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 30वि.सं. २०१६संयुक्त इजलास

बेरीतसँग थुने

राजकाजको ऐन ४३ दफा अन्तर्गत १।२ दफा लगाइएको अभियोग निम्न अवस्थामा नलाग्ने । (१) जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाई पुलिस माथि गोली चलाएकोमा सहयोगी भन्ने अभियोगमा, मुद्दा अदालतलाई सुम्पी सकेपछि अदालतबाट कारवाई ठहर नहुँदै । (२) नेपाल घुम्न आएका भारती…

नजिर सार पढ्नुहोस् →
नि.नं. 29वि.सं. २०१६संयुक्त इजलास

घूस

(१) शंकाको भरमा अपराधि ठहर्‍याउने नहुने– अपराधमा सजाय दिन निश्चयको प्रमाण पुग्नु पर्ने । शंकाको भरबाट अंजामले कुनै व्यक्तिलाई अपराधि ठहराई सजाय दिन न्यायसंगत कानूनी सिद्धान्तले मिल्दैन र सजाय दिन निश्चयको प्रमाण पुग्नुपर्छ । (प्रकरण नं. २७) (२) सरकारी कर्मचारी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 28वि.सं. २०१६संयुक्त इजलास

मात थैली बुझाई पाउँ

(१) नासिएका सक्कल कागज अङ्गमा दाखिल गरिसकेको भनी ऐन सवालबमोजिमको अड्डाको भर्पाई दाखिल गर्नुपर्ने, दाखिल नभएमा सो दाखिल गर्न नसक्नेले सच्चा कुरामा चलेको नदेखिने । अघि सक्कल कागज दाखिल गर्दा ऐनबमोजिम अड्डाबाट पाएको भर्पाई हाल दाखिल गर्न नसकेकोले शुरूको राय फैसला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 27वि.सं. २०१६संयुक्त इजलास

बाली

१. लिने खाने गरेको कुतको प्रमाणिक सबुद वादी प्रतिवादी दुवै तर्फबाट गुज्रन नसकेमा दुई खला जग्गाको उब्जनी दुई किसमको भएमा सँधियारको जग्गाको हिसावले दुवै जग्गामा सरदरको हिसावले कुत तिर्नु पर्ने ठहर्छ । वादीको दावीको २ खला जग्गाको बालीको बिगो भराई पाउँ भन्ने दावीम…

नजिर सार पढ्नुहोस् →