नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 43 · वि.सं. २०१६
नि.नं. 43 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साहु आसामीको २ नं.– तमसुक भएका मितिले १० बर्ष भित्र रीतपूर्वकको भाखापत्र गराएको भए मात्र भाखापत्र गराएको भए मात्र भाखापत्र भएको मितिले फेरी १० बर्षको हदम्याद पाउने–गैरकानूनी ढंगबाट आयस्ता रोकेकोलाई म्याद भित्रको उजुर र भाखा करारको स्पष्ट शब्दको लिखत बेगर भाखा करार वा मन्जूरी भएको भन्न नमिल्ने । हाम्रा बाबु खसमले रू. २०००० लिनु भएकोमा हामी अंशियारले बुझाउनु पर्ने हो बुझाउँछौ । भाखा पाउँ भन्ने समेत शब्द परेका कागजहरू बेगर आफ्ना मातहतबाट दिन पर्ने अर्काको आफ्ना खुशीले रोकी दिएको कुरालाई रोक्का नहोस भनी दुःख पुकार गरेका चिठ्ठीलाई भाखापत्र सरहको मञ्जुरी भनी अर्थ लगाउन र कानून अन्तर्गतको व्यवहारिक व्यवस्था भनी मान्यता दिन न्यायमा उचित देखिएन । ऐनका मन्सायमा मिल्ने भाखापत्र बेगर मञ्जुरी भन्न नभई म्याद भित्रको उचित कानूनी कारवाई नभएपछि म्याद खिलाफ भएकै भन्न पर्छ । म्याद भित्र भाखापत्र वा उजुर नगरी आफैंले आफ्ना मनासिवबाट रोकी दिएका आयस्तालाई भाखा करार वा मन्जूरी सम्झिएका सो कुरै बदर र अवैधानिक ठहरेको भएपछि १० बर्षभित्रको भाखापत्र वा मञ्जुरी भनी हदम्याद थामी दिन नमिल्ने । गैरकानूनी तरिकाले आयस्ता रोकीदिएको कारणबाट दुःख पुरकार गर्ने अवस्था परी दुःख पुकारासम्म गरेको देखिने पत्रको विचार गरी रहनु नपर्ने । (प्रकरण नं. १२ र १३) (२) हाकिमको नाउँमा कराउनेको १२ नं.–अपील उजुर नगर्नेको हकमा समेत इन्साफ गर्न हुने। आठ अंशियारमा एक जनाको मात्र उजुर परेकोले सवैको हकमा इन्साफ गर्न नमिल्ने भनी वादीको वकिलको बहस भएकोलाई हा.क.१२ नं. मा प्रष्ट खुलेकै हुँदा उक्त कानून मुताविक सवैको विषयमा विचार गरी इन्साफ गर्नुपर्ने ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 43 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2015/08/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 43 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
