नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 35 · वि.सं. २०१६
नि.नं. 35 — जग्गा बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बाँकी बाली पाउँ भन्ने वादी दावीमा–प्रतिवादी सावित भएमा–बाँकी बाली बुझाउनु पर्ने आफ्नो लेना भए ऐनबमोजिम नालिस गर्नुपर्ने । वादीका दावीबमोजिमको बाली पाउँ भन्नेसम्म तुयुसिंह सावितै हुनाले आफ्नो लेना भए ऐनबमोजिम नालिस गरी लिनु पर्ने, तिर्जा बाली रोकी राख्न नहुने हुँदा तुयुसिंहको हकमा बाली बुझाउ नै पर्ने । (प्रकरण नं. ७) (२) बाँकी बाली पाउँ भन्ने दावीमा वादीबाट पेश भएको तिर्जासम्मको बालीमा–बुझाएको केही निस्सा दरपिठ नभएमा–बाली बुझाउनु पर्ने–तिर्जा पेश नभएको बाली बुझाउनु नपर्ने । वादीको दावीबमोजिमको बाली पाउँ भन्नेमा बुझाईसकेको छु । भनी इन्कारी लिएको ९९ साल देखि ४ साल तकको तिर्जा वादीबाट पेश नभई ५।६।७ सालको तिर्जा मात्र दाखिल भएकाले बाली तिरे भन्ने प्रतिवादी भई वादीबाट तिर्जा दाखिल हुन नआएको हुँदा ९९ साल देखि ४ सालतकको अष्टमानले तिर्न नपर्ने र ५।६।७ सालको हकमा तिरे बुझाएको निस्सा दाखिल नभएको तिर्जा वादीले पेश गरेको दरपिठ भएको समेत नदेखिएकोले सो सालको बालीको हकमा बुझाउनै पर्ने ठहर्छ । (प्रकरण नं. ७) (३) बाली बाँकीमा–पजनी गरी पाउँ भन्ने दावी नभएमा–मोहियानी हक कायम गरी पाउँ भन्ने दावी पुग्न नसक्ने । जग्गा मोहिया हक कायम गरी पाउँ भन्ने वादीलाई बाली पजनी गर्न पाउँ भन्ने दावी नभई आफै मोहियाहक कायम गरी पाउँ भन्ने दावी हुनाले त्यसमा वादीको दावी पुग्न नसक्ने ठहराई देवानी पहिला फाँटले छिनेको इन्साफ मनासिव छ । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 35 |
|---|---|
| मुद्दाको विषय | जग्गा बाली |
| निर्णय वर्ष / मिति | 2015/12/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 35 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
