नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 49 · वि.सं. २०१६
नि.नं. 49 — लिखत बदर गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जिरायतमा गाभिने जग्गा अर्काका नाउँमा दर्ता हुँदैमा–आफैंले भोग गरेको र भोग चलनको रसिदहरू जम्मै आफैंसँग भएकोमा–दर्ताको नाताबाट सो जग्गा जान सक्तैन । मधेश मालको सवालको १८ दफाले म्यादभित्र साविक जिमिदारले बाँकी नबुझाए त्यस्ता जिमिदारका नाउँमा दरिएको जिमिदारी मौजा जोत जिरायत नम्बरी खेत र नातेदार नोकर चाकरहरूका नाउँमा दराई आफूले भोग चलनगरी राखेको दिगर मौजाको नम्बरी समेत कबुल गर्नेहरूका नाउँमा चलन पुर्जी भई जाने भएकोले झगडा परेको जग्गामा भई आएको सरजिमिन मुचुल्का हेर्दा टुनकुमारीले थैली हाली प्र. सरस्वतीका नाउँबाट खरीद गरी लिई ९४ साल देखि २००२ साल तक टुनकुमारीले नै भोग चलन गरी आएकी छ भनी जम्मा बिक्री गर्ने र सुलमियां समेत २८२ जनाले सरजमिन मुचुल्का गरी दिएको र प्र. सरस्वतीले दिएकी हुलीया दर्खास्तबाट समेत जग्गा टुनकुमारीको भोग रहेछ भन्ने प्रष्ट देखिन आएको अर्काको हकको जग्गा आफ्नो गराउना निमित्त आफ्नै भाइलाई जग्गा बिक्री गर्दैमा टुनकुमारीको हक जान नसक्ने । (प्रकरण नं. ८) (२) अदालती बन्दोबस्तको २२१ नं. र मधेश मालको सवाल १८ दफा सवालको १८ दफाबमोजिम जिरायत हुन जाने जग्गाको सरकारवादी हुने मुद्दामा सरजमिन बुझ्न हुने । जिमिदारले आफ्नो नातेदारका नाउँमा दराई भोग चलन गरी आएको जग्गा माथि लेखिएका सवालले जिमिदारी साथ रही जिरायत हुन जाने भएबाट सरकारवादी हुने देवानी मुद्दामा अ.ब.को २२१ नं. ले सरजमिन बुझ्न हुने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 49 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2010/10/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री | माननीय न्यायाधीश श्री भैरवराज पन्तोपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 49 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
