नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 45 · वि.सं. २०१६
नि.नं. 45 — अंश दपोट धनमाल मानाचामल समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अंशबण्डाको ४६ नं.–दपोट गर्ने मानिसको भाग नदबाउने अंशियारले पाउने । अंशबण्डाको ४६ नं. ले दपोट गर्नेको भाग र वादीको भाग समेत वादीले दपोट गर्नेबाट भरी पाउने ठहर्छ । (प्रकरण नं ३) (२) सगोलका घर जग्गामा घर बनाउनलाई अरु अंशियारको मञ्जुरी लिनपर्ने । सो नगरी त्यस्तो घर तायदातीमा नदिएको दपोटै ठहर्ने । सागोलको घरमा नयाँ थपी कुनै अंशियारले आफू एकलौटी गरी बनाउनलाई अरु अंशियारको मञ्जुरी पनि लिनुपर्ने । म्युनिसिपल्टी पास गरेको पनि नदेखिएको समेतबाट र वादी हकदारको मञ्जुरी लिई बनाएको भन्न र घरै थिएन, छैन भन्न र मानु छुट्टिएपछि नयाँ गरी आफ्नै भाग अंशको जग्गामा आफू मात्र खर्चले एकलौटी गरी बनाएको भन्न प्रतिवादीले नसकेकोले समेतबाट त्यस्तो घर तायदातीमा नदिएको दपोटै ठहर्छ । (प्रकरण नं. ५ र ८) (३) अंशबण्डाको ५० नं.–अंश छुट्ट्याउन तायदाती भएपछि आफ्नो भागको आयस्ता रोक्का गर्ने दरखास्त दिएमा–वादीले आयस्ता पाउने । मानाचामल नपाउने । अंशबण्डाको ५० नं. ऐनले तायदाती दाखिल भएपछि जग्गा बाली रोक्का गरी आफ्ना भागको आयस्ता पाउँ भनी वादीले दरखास्त दिएमा आयस्ता नै दिलाई दिनुपर्ने हुँदा सो बमोजिम गर्ने गरी मा.न्या. हेरम्बराजजीको राय मनासिव छ । अंशबण्डा छुट्ट्याउन पर्ने वादीका उजुरी दरखास्तबाट कारवाई भएको प्रमाणलाई आएको मिसिल समेतबाट उक्त लेखिए बमोजिम आयस्ता वाली रोक्का भएको नदेखिएबाट आफ्ना भागमा परेका जग्गाको जग्गा छुट्ट्याई चलन नपाएसम्मको आयस्ता बाली बादीले नपाएको भए पाउँ भनी उक्त ऐनबमोजिम बिगो समेत कसी वादीले उजुर दिए उसै बखत ठहरेबमोजिम हुनेछ । (प्रकरण नं. १०) (४) हा.क. १५ नं.– इन्साफ केही उल्टिमा अपील र शुरु अदालतका मानिस के जरिवाना हुने । केही उल्टिमा अपील दोश्रा र देवानी दोश्रा समेतलाई मो रु. १।– का दरले जरिवान हुन्छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 45 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट धनमाल मानाचामल समेत |
| निर्णय वर्ष / मिति | 2014/10/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 45 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
