नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 27 · वि.सं. २०१६
नि.नं. 27 — बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. लिने खाने गरेको कुतको प्रमाणिक सबुद वादी प्रतिवादी दुवै तर्फबाट गुज्रन नसकेमा दुई खला जग्गाको उब्जनी दुई किसमको भएमा सँधियारको जग्गाको हिसावले दुवै जग्गामा सरदरको हिसावले कुत तिर्नु पर्ने ठहर्छ । वादीको दावीको २ खला जग्गाको बालीको बिगो भराई पाउँ भन्ने दावीमा साविकमा यो यति कुत लिने खाने गरेको भन्ने वादी प्रतिवादी दुवै तर्फबाट यकिन प्रमाणिक सबुद गुज्रन नसकेको वादी दावीको जग्गाको पोता बुझ्दा ७३ नं. सो धालङाबु साविक ।ऽ।२ जग्गाको हाल १।–१ को खलो रोपनीको ।४८ पैसा पोता लागेको देखिएको नं. ६८७ को ताथलीङाबु साविक ४।।।।।२ को हाल ५।।।ऽ।। भई रोपनीको ३२ पैसा पोता लागेको देखिएकोले यी दुवै जग्गाको उब्जनी एकै किसिमको भन्न नमिलेकोले बुझिएका सँधियारको भनाईबाट रोपनी ५ चानचुन खलाको बढीमा रोपनीको १ मुरी भन्दा घटी नै कुत लागेको भन्ने देखिन आएको र अर्को १ रोपनी चानचुनको खलाको हकमा त्यसैको सँधियार मोही कृष्णकुमारको र लोकेशमानको बालीमा झगडा परेको रोपनी २–।२ को खला पोता रू. ।३२ पैसा लागेको खलाको फैसलाबाट कुत धान मुरी ३।१० कायम भई फैसला भएको प्रमाणको मिसिलबाट देखिएकोले सिंगलबेञ्चको राय मनासिव नदेखिई वादीको दुवै खला जग्गाको सरदर लगाउँदा सालको कुत धान मुरी ७।१ र अरू गहुँ नगदीका हकमा वादीको दावीबमोजिम नै कुत ठहर्छ । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 27 |
|---|---|
| मुद्दाको विषय | बाली |
| निर्णय वर्ष / मिति | 2015/12/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 27 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
