नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 40 · वि.सं. २०१६
नि.नं. 40 — थुनछेक
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नेपाल अन्तरिम शासन विधान, २००७ को दफा ३६– ऐन सवाल बर्खिलाफ काम गरेकोमा प्रधान न्यायालयबाट ऐनबमोजिम गराउन आदेश भएमा–अटेर गर्नेले असयोग गरेको देखिने । ऐन सवाल बर्खिलाफसँग मानिस थुनामा राखी कारवाई गरेकोमा उजुर परी प्रधान न्यायालयबाट ऐनबमोजिम गराउन आदेश भई आफ्नो गल्ती सावित भईसकेपछि बहाना गरी ऐनबमोजिम नगरी ऐनले थुन्न नहुने मानिसलाई थुनी राख्नु कार्यपालिकाबाट न्यायपालिकासम्बन्धी कारवाई गर्नमा नेपाल अन्तरिम शासन विधान ३६ दफाले बर्खिलाफ असहयोग गरेको प्रष्ट देखिन्छ । (प्रकरण नं. ६) (२) गैरकानूनी तरिकासँग मानिस थुनामा राखी कारवाई गर्ने र न्यायपालिकासँग असहयोग गर्ने मानिस–सजाय भागी हुने र त्यसले गरेको कारवाई बदर हुने । भक्तपुर मैजिष्ट्रेट सवालको मजबुन नबुझी कारवाई गर्नु भएमा कानूनबमोजिम निर्णय गर्ने । यस प्रधान न्यायालयलाई अधिकार भएकोले उहाँले असहयोग गर्नु भए तापनि न्यायालयले आफ्नो कर्तव्य पालन गर्नैपर्ने हुन आएकोले बेकानूनी तरिकासँग मानिस थुनामा राखी कारवाई गरेमा र मिसिल कागज नपठाएमा समेत भक्तपुर मैजिष्ट्रेट सजाय भागी हुनुपर्ने नै ठहरिन्छ । मैजिष्ट्रेटले गरेको कारवाई बेकानून देखिन ठहर्न आएकोले सो कारवाई बदर गरीदिने । (प्रकरण नं. ८ र १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 40 |
|---|---|
| मुद्दाको विषय | थुनछेक |
| निर्णय वर्ष / मिति | 2012/02/13 |
| अदालत / इजलास | विशेष इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 40 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
