नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 32 · वि.सं. २०१६

नि.नं. 32 — थैली बुझाइ पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रजिष्ट्रेशनको ३ नं.–कसैबाट जग्गामा हक छुटाई वा बकसपत्र गराई लिएको लिखतमा–रजिष्ट्रेशन पास हुनपर्ने– पास नभएकोमा हक नपुग्ने । जब्रुमा जीवितै रहेको भन्ने लेखिएको र निजबाट हक छुटाई वा बकसपत्र गराई लिएको लिखत रजिष्ट्रेशन पास भएको छ भन्न नसकेकोले हक नपुग्ने । (प्रकरण नं. ८) २. अदालती बन्दोबस्तको १०६ नं.–हक नपुग्ने वादीको मुद्दा दायर भई छिनिएको भएमा–फैसला बदर भई मुद्दा खारेज हुने । हकै नपुग्ने यो वादीको उजुर अ.बं. १०६ नं. ले लाग्न नसक्नेमा मुद्दा दायर गरी २ अड्डाले छिनेको सदर नहुने हुँदा दुवै अड्डाको फैसला बदर गरी यो मुद्दा खारेज गरीदिनु । (प्रकरण नं. ८) ३. जागिरदार बिर्तावारले झगडा हेर्दाको ४ नं. र अदालती बन्दोबस्तको ८ र २३६ नं.–लेखपढ गर्न नजान्ने ल्याप्चे लगाउनेले झगडा हेर्न छिन्न नपाउने । वादीले प्रमाण दिएको हेदान्ताको अमाली रणशेरले ल्याप्चे सहछिाप गरी छिनेको फैसला र जयबहादुरले ल्याप्चे सहिछाप गरी गराएको मिलापत्र प्रमाण लिनलाई मुद्दा मामिला हेरी छिन्नु कारवाई गर्नु भन्ने कुरा दुनियाँको जीवनको एक महत्वपूर्ण आधार छ, जसबाट दुनियाँको जेथाको हारजित सजायको भागी बन्नुपर्छ । यसले ऐन सवाल जानेका व्यक्तिलाई नै सरकारले निर्भर गरी सौंपिएको छ । जागिरदार अमालीहरूलाई पनि लेखपढ गर्न जान्नेलाई नै झगडा हेर्न अख्तियार भएको देखिने र वास्तविक लेखपढ गर्न नजान्नेबाट झगडा हेरी कारवाई फैसला गराउँदा सो फैसला निर्णयहरूमा के लेखियो थाहा पाउन नसक्ने भई त्यसबाट जनतामा ठूलो मर्का पर्नजाने सम्भव पर्ने र लेखपढ गर्न नजान्ने ल्यप्चे लगाउनेले फैसला गर्न पाउँछ भन्ने थितिरितिको सनद सवालमा पनि नदेखिएको । अदालती बन्दोबस्त ८।२३६ नं. र जागिरदार बिर्तावारले झगडा हेर्दाको ४ नं. ले समेत लेखपढ गर्न नजान्ने ल्याप्चे लगाउनेले झगडा हेर्न छिन्न नपाउने हुनाले अमाली रणशेर जयबहादुरले ल्याप्चे सहीछाप गरेको उक्त फैसला मिलापत्रहरू सदर हुन सक्तैन । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.32
मुद्दाको विषयथैली बुझाइ पाउँ
निर्णय वर्ष / मिति2016/02/10
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 32
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्