नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 29 · वि.सं. २०१६
नि.नं. 29 — घूस
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) शंकाको भरमा अपराधि ठहर्याउने नहुने– अपराधमा सजाय दिन निश्चयको प्रमाण पुग्नु पर्ने । शंकाको भरबाट अंजामले कुनै व्यक्तिलाई अपराधि ठहराई सजाय दिन न्यायसंगत कानूनी सिद्धान्तले मिल्दैन र सजाय दिन निश्चयको प्रमाण पुग्नुपर्छ । (प्रकरण नं. २७) (२) सरकारी कर्मचारी उपर लगाएको घूसको अभियोगमा–दिइएको मुख्य साक्षीको बयान र अभियुक्तको अड्डैका मानिसहरूको मुचुल्का पनि–नियमबमोजिम खडा भएको श्रेस्तालाई झुठ्ठा गराउने देखिएमा–विश्वास गर्न लायक प्रमाण मान्न नहुने र उन माथि लगाएको सवै आरोप मिथ्या सावित हुने । डि.लक्ष्मीबहादुर वन बिभागको बहालवाला कर्मचारी देखिन्छ । तर त्यस्ता कर्मचारी अफिसमा हाजिर भए नभएको सवाल नियमले टायममा अधिकारवालाले हाजिर लिई कागजी लिखित श्रेस्ता राख्ने व्यवस्था बाँधिएको देखिन्छ र सो बमोजिम लिखित श्रेस्ता भएको उक्त १४ गतेको डि.लक्ष्मीबहादुरको हाजिरी फाराम नक्कल पनि मिसिल सामेल छ । जसबाट ९ गते देखि १८ गतेसम्म अड्डामा उपस्थित नभई गैर जनिएको छ । १२ गते अड्डामा थिएनन् भन्ने मुख्य गवाहीको बयानले पनि बताईरहेको छ । ९ गते देखि १३ गतेसम्म अड्डामा नगई गैर रहने मानिसले घुस लिने र दिने कुरा निश्चय गरेपछि अन्यत्र लिनसम्मको जमानी सारा अड्डैको सामुन्ने लिने अघिल्लै दिनदेखि लिन इच्छा गरी अड्डामा १४ गते हाजिर हुन गए । अड्डामा रूपैयाँ मागे नदिएबाट घरमा आए भन्ने मुख्य गवाहीको र आफ्ना अधिकारको अड्डामा सवाल नियमबमोजिम खडा हुने लिखित प्रमाण श्रेस्ताबाट अड्डामा उपस्थित नभए गइरहेको मानिसलाई अड्डामा हाजिर हुन आएका थिए भन्ने उक्त अड्डाका कर्मचारीको भनाई लिखित सबुदबाटै मिथ्या र अदालतले प्रमाणमा विश्वास गर्न लायक देखिदैन र डि.लक्ष्मीबहादुर १४ गते वन बिभागमा थिएनन् भन्ने प्रत्यक्ष प्रमाण देखियो । डि.लक्ष्मीबहादुर वन बिभागमै नभएपछि १३ गते देखि नै १४ गते वन बिभागमा डि. लक्ष्मीबहादुरसँग भेट गर्ने । १४ गते वन बिभागबाट डि.लक्ष्मीबहादुर मोटर चढी आए भन्ने मुख्य गवाही अम्बिका विष्णुदास, भुवन, ड्राइभर, वन बिभागका कर्मचारीको भनाई लेख बिलकुल झुठ्ठा सावित हुन्छ । जहाँ डि.लक्ष्मीबहादुर मौकामा गएकै छैनन् भन्ने डि.लक्ष्मीबहादुर बाहिर बसी उनका सट्टा विष्णुमान रूपैयाँ लिन भित्र गएको भन्ने आरोप मिथ्या सावित छ । (प्रकरण नं. २७) (३) मुख्य गवाहीको बयान–अरू बयानहरूबाट मिथ्या देखिएमा–उनले दिएका अरू साक्षी पनि उनी सित पूर्व कनेक्शन भएको र बेसरोकारी खडा गरिन सक्ने देखिएमा–यस्ता साक्षीको बयान पनि अमिल्दो देखिएमा–मुख्य सवालहरू पनि दाखिल हुन नसकेमा–मौकामा पक्रिएको अभियुक्त बाहेक अरूको खिलाफ भित्र बयान सवुत साक्षी पर्याप्त मान्न नहुने । मुख्य गवाही अम्बिकाप्रसादको शुरू रिपोर्टमा डि.लक्ष्मीबहादुरको नाम बाहेक अरूको नाम छैन । पछि गरेको बयानमा जयन्द्रबहादुरले अरूको मुख टाल्नु पर्छ भनी लेखेको चिठ्ठीको आधारमा ११ गते बोलाउन पठाएबाट होटेलमा गएँ । हेरी १३ गते पनि होटलमा जम्मा भई रूपैयाँ मागेबाट होटेलमै पर्खाई पुलिस गोश्वारा विशेष पुलिस अफिसर सिंहदरबार आई.जी.पी.सँग भेटी कुरा गरी आएँ । १४ गते म घरमा आइ प्रबन्ध मिलाई बाहिर निस्कन लाग्दा देउडीमा ६०७ नं. को मोटर आएको देखी आएछन भन्ने सम्झी घर फर्के । विष्णुदास विष्णुमान, भुवन आई ठीक छ भनी जाँची हेरी गएर पछि देउडीमा जीपमा लक्ष्मीबहादुर जयन्द्र देवबर आएको भेटेर उनका अडरबमोजिम विष्णुदास, विष्णुमानलाई लिई घर भित्र गएँ भन्ने बयान छ । त्यस बयानबाट १३ गते अड्डैको टाएममा डि.लक्ष्मीबहादुर होटलमा भेट भएकोबाट अड्डामा नगएको र रुपैया लिने दिने कुरा भई सो लिन दिन १४ गते अड्डामा लक्ष्मीबहादुर हाजिर हुन गए । अड्डैमा बसी रूपैया मागेको । नदिएबाट डि.लक्ष्मीबहादुर देववर जयन्द्र साथै मोटर चढी देउडीमा आएको र ६०७ नं. कै मोटरमै आउँछन भन्ने कुरा अम्बिकालाई पहिले नै थाहा भएको भन्ने कुरा जनाउँछ । सरकारतर्फको यस मुद्दाको अरू साहदत भुवन, ड्राइभर विष्णुदासका बयानबाट जयन्द्र मोटर चढी आएको भन्ने मुख्य गवाही अम्बिकाको बयानलाई मिथ्या जनाउँछ । ६०७ नं. को मोटर देख्नासाथ आएछन भन्ने अम्बिकाको लेखबाटै अभियोगीहरू सोही नम्बरको मोटरमा आउँछन भन्ने पहिलेनै जानक थियो । सो लेखबाटै अम्बिकाको जानकारी बाहेक अभियोगीहरू किराय मोटरमा अचानक आएका भन्ने सवैको लेख मिथ्या नै छ भन्ने प्रष्ट गराउँछ । अम्बिकाले मोटर बन्दोबस्त गरी पठाउने सल्लाह भई पठाएको भन्ने देखिदैन । सल्लाह नभई आफू खुशी आउने मानिस मोटरमै आउँछन । यही मोटरमा आउँछन भन्ने कुरा सो मोटरवालासँग अम्बिकाको कनेक्शन नभए कसरी अम्बिकाले सम्झनु ? त्यसबाट सो मोटरवाला ड्राइभर पहिले देखिनै अम्बिकाको कनेक्शन भएको मानिस रहेछन भन्ने संकेत हुन आएको र भुवन भन्ने बीचको बेसरोकारी सबुद खडा हुनसम्म सक्ने मानिस देखिंदा निजहरूको बयान शंकोचीने हुँदा निश्चयको प्रमाणमा लिन नहुने । त्यसमा सरकारतर्फका सबुद भुवन ड्राइभर समेतबाट अभियोगी जयन्द्रबहादुर सिंहदरबारबाट मोटरमा मौकामा आएकै देखिदैन । साविती विष्णुदासले पनि मोटरमा आएका भन्न सकेका छैनन् र मौका देउडीमा उपस्थित भएको भन्नेसम्म देखाउँछन । सो ठाउँमा सोही टाइममा ठीक कसरी आई पुगे ? सो कारण परिबन्द खोली भन्न सकेको देखिदैन र पहिले बयानमा सो कुरा भन्न नसकी डि.लक्ष्मीबहादुरको अडरले गएको भन्ने बयान गरी सकेपछि मात्र प्रसंग अमिल्दो । डि.लक्ष्मीबहादुरले पठाएको होइन । जयेन्द्रबहादुरले पठाएको भन्ने बयान गरेबाट उनको बयान साँचो मात्र गर्ने मानिस नदेखी निजको बयान नै पक्का प्रमाण मात्र नभएको मुख्य जयन्द्रबहादुरलाई अभियोगी प्रमाणीत गर्ने निजकै हस्ताको चिठ्ठी छ भनी प्रमाण दिएको । सो दाखिल गर्न नसकी मुद्दा चलाउन मिथ्या कुरै लेखेको सिद्ध हुन आएबाट जयन्द्रबहादुरले चिठ्ठी लेखे । होटेलमा बोलाए । मौका देउडीमा मोटर चढी आए । रूपैयाँ लिन विष्णुदासलाई पठाए भन्ने अम्बिकाको लेख विष्णुदासको भनाई साँचोमात्र नभई भुट्टा सावित हुन आउने देववरले रूपैयाँ लिने खाने कुरा गरे मागे भन्ने अम्बिकाकै कुनै लेखमा नभएको उक्त लेखिएबमोजिम डि.लक्ष्मी बहादुरका साथ मोटर चढी सिंहदरबारबाट आएका भन्ने कुरै बेप्रमाणीक भएकाले देववर कसुरदार भन्ने कुनै लेख सबुद नहुँदा डि.लक्ष्मीबहादुर जयन्द्रबहादुर, देववर समेत कसुरदार भन्ने सबुद नपुग्ने । (प्रकरण नं. २७) (४) अभियुक्तहरू मौका वारदातमा गिरफ्तार भएमा–कसुर गरेकै ठहर्ने । विष्णुदास विष्णुमान गैरसरकारी मानिस भए तापनि अम्बिकाप्रसादका घरमा रूपैयाँ लिन गए । लिन लागेकै मौकामा गिरफ्तार भएकोले निजहरू आफैंले लिन इच्छा गरी लिएको ठहराई अपील पहिलाले गरेको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. २७) (५) भ्रष्टाचार निवारण ऐनको दफा ६ गैरसरकारी मानिसले भ्र.नि.ऐनको दफा ५ बमोजिम कसुर गरेमा लाग्ने भ्र.नि.ऐनको दफा ३ नलाग्ने । गैरसरकारी मानिसले लिए खाए भ्रष्टाचार गरेमा भ्रष्टाचार निवारण ऐनको ५ दफाको कसुर सावित ठहरी त्यस्तालाई ६ दफाबमोजिम ५००। दण्ड अपीलबाट ३ दफा लगाई कैद बर्ष १ दण्ड मोरू १०००। का दरले गरेको बढी देखिएकाले । (प्रकरण न..२७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 29 |
|---|---|
| मुद्दाको विषय | घूस |
| निर्णय वर्ष / मिति | 2014/12/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 29 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
