नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 30 · वि.सं. २०१६
नि.नं. 30 — बेरीतसँग थुने
सिद्धान्त / नजिर सार (Headnote Summary)
राजकाजको ऐन ४३ दफा अन्तर्गत १।२ दफा लगाइएको अभियोग निम्न अवस्थामा नलाग्ने । (१) जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाई पुलिस माथि गोली चलाएकोमा सहयोगी भन्ने अभियोगमा, मुद्दा अदालतलाई सुम्पी सकेपछि अदालतबाट कारवाई ठहर नहुँदै । (२) नेपाल घुम्न आएका भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जति अवहेलना इत्यादी गर्नेमा सहयोगी भन्ने अभियोगमा कागज गराई ऐन सवालबमोजिम गर्ने भनी छाडी सकेपछि बिना कारवाई तहकिकात फेरी दोषारोपण गरेमा । (३) खानतलासीबाट बेपासको हातहतियार बरामद भयो भन्ने अभियोगमा बरामत भएको हातहतियार भू.पु.मिनिष्टरको नाउँमा दर्ता भई खर्च भई बाँकी रहेको अभियोगीकै जिम्मा छोडिएको देखिएमा अडरबमोजिम तोकिएको ठाउँमा दाखिल गरेको भर्पाई समेत दाखिल भई लाईसेन्सको लागि पनि कारवाई भईरहेको देखिएमा । (४) मनाही भएको माल झिकायो भन्ने अभियोगमा, आएको माल भईराखेको सनद सवालको मनाही भएको मालको लिष्ट भित्रको नभएमा, केही बाहेक अरू सवै जाँची रहनु पर्दैन । छोडी दिनु भन्ने मेमो सदर समेत भएकोमा, रोकिएका माल जँचाउने कारवाई भईरहँदा थुनामा राख्नु भन्ने कुनै ऐन नभई दिइएको थुनुवा गर्ने बोधार्थमा पनि यो यो अपराधमा यो यो एन अन्तर्गत थुनामा राखेको भन्ने नखुलेकोमा । राष्ट्रवादी गोरखा परिषदको सदस्य र संचालक समेत हुनु भएको पूर्व १ नं. मा गोर्खा परिषदका सदस्यहरूले उक्त जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाई पुलिस माथि गोली चलाएकोमा उहाँको सहयोग भन्ने लेखिएको । उक्त मिसिल श्री माननीय गृह मन्त्रिज्यूका आदेशबमोजिम भनी उचित कारवाईको लागि ११।१।२९ गते विशेष अदालतमा गई कारवाई चलाउने भईरहेको हुँदा गृह मन्त्रालयबाटै ऐन सवालबमोजिम कारवाई चलाउने गरी मिसिलै अदालततर्फमा आएको । सो अदालतबाट कारवाई ठहर, तहकिकात हुन बाँकी छँदै उहाँको सहयोग भएको भनी किटानी साथ लेखेको कुरा ठीक नदेखिएको । नेपाल घुम्न आएका भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जति अवहेलना इत्यादी गर्ने काममा उहाँको सहयोग र हात भएको भन्नेतर्फ मैजिष्ट्रेट अफिसबाट ११।२।२२ गते कागज गराई मिसिल साथ राखी ऐन सवालबमोजिम गर्ने भनी सिरमा लेखी मृगेन्द्र शम्शेरजीलाई छाडी सकेकोमा अरू प्रमाण कारवाई तहकिकात बेगर फेरी दोष आरोप गरी पुर्पक्षलाई थुन्न ऐनले नमिल्ने । बबरमहल खानतलासी गर्दा बेपासको हातहतियार खरखजाना बरामत भएको भन्नेतर्फ आई.जी.पी.बाट आएको फाइलबाट खानतलासीमा निस्केको खरखजाना ज्येष्ठ १८ मृगेन्द्र शम्शेरजीकै जिम्मा छाडी आएका । कमिश्नर अफिसबाट आएका उतार फाइल समेतबाट भू.पु.मिनिष्टर बब्बर शम्शेरका नाउँमा बन्दुक पेस्तोल गोली गठ्ठा आएको र ०७ सालसम्म खर्च भएको फाँटवारी र बाँकी तेरिजमा बन्दुक पेस्तोल गरी थान ५२ टोटा ६१९७ र अरू बारूद समेतको कच्चावारी खुली किताब दर्ता भएको उतार, आई.जी.पी.का अडर बमोजिम नारायणहिटी गारतमा बुझाउँदा गारतबाट दिएको भर्पाईमा नम्बर जात खुलेको किताब दर्ताको नम्बरमा भिडाउँदा प्राय मिल्न आउने । कुनै नमिल्ने भएमा पनि कमिश्नर अफिसबाट कारवाई गरी ठहरेबमोजिम उसै बखत गर्नुपर्ने । लाईसेन्स नाउँसारी बारे १० साल जेष्ठमा दर्खास्त परी कमिश्नर अफिसबाट कारवाई चली रहेको हुँदा मृगेन्द्र शम्शेरजीले बेपास खरखजाना राख्यो, जम्मा गरेको भनी थुनामा राखेको, ऐन मिलाई राखेको भन्न नहुने । उहाँको नाउँमा भन्सारमा आएको मनाही भएको अमेरिकन जंगी रिसिभर एन्ड ट्रान्समिटर पुलिसले पक्राउ गरी दाखेल गरेको भन्नेतर्फ भन्सारबाट आएका सवाल सनदको उतार नक्कलहरूबाट मनाही भएको मालका लिष्ट भित्र ट्रान्समिटर नपरेको । भन्सारले नै दिन हुने नहुने नखुलेको भनी लेखी पठाएको । बिजुलीको समानतर्फ भन्सारलाई भएका सवालले भन्सारले छाडी दिन हुने मालसामान बाहेक अरू मालसामान बिजुली अड्डामा पठाई चीफ इन्जिनियरले जाँच्ने । सो जाँच्न पठाएको रेडियो बिजुली समेतको माल मध्ये कुनै कुनै माल पास गर्न नहुने किसिमको देखियो भने तालुकवालासँग सो माल समेत देखाई शंका लागेको कुरा समेत जाहेर गरी तालुकवालाको राय समेत लिई जो मनासिव देखिन्छ, सो बमोजिम गर्ने गर्नु भन्ने ९३।७।२० को दस्तखत र ट्रान्समिटर बाहेक अरू बिजुलीको सामान बिजुली अड्डा पास गराउनु पर्दैन । भन्सारले नै छाडी दिने मेमो सदरबमोजिम भनी अर्थ मन्त्रालय आय बिभागबाट ०९।३।१९ मा भन्सार गोशवारालाई लेखी गएकोबाकट ट्रान्समिटर बिजुली अड्डा जँचाई सो बमोजिम गर्नुपर्ने । सो भईनसकेको । सो कुरामा थुन्नु भन्ने ऐन नभएको । आई.जी.पी.बाट आएको फायल मिसिलबाट ले.ज.मृगेन्द्र शम्शेरलाई जेष्ठ २२ गते पक्राउ गरी रिसिभर एण्ड ट्रान्समिटर बारे ठाडो कागज गराई पक्राउ भई आएको ले.ज.मृगेन्द्र शम्शेरलाई पठाई दिएको छ । उहाँ उपर मुद्दा कारवाई भईरहेकोले अर्को आदेश नआएसम्म स.पु.गो.मै थुनुवा गरी राख्नु भनी आई.जी.पी.बाट सदर पुलिस गोश्वारामा लेखी पठाएको । त्यसको बोधार्थ मृगेन्द्र शम्शेरजीलाई दिई थुनामा राखेकोसम्म देखियो । सो बाहेक यो यो ऐन सवाल सनदले यो यो अपराधमा कारवाई चलाई यो ऐनले थुनामा रखेको भन्ने केही नलेखिएको । राजकाजको ४३ दफामा उल्लेख गरिएका अपराधसँग सो माथि पुलिसले लगाएको अभियोग मिल्न नआएकोले उत्तिकैबाट र स्पष्ट रूपबाट पनि राजकाज मुद्दा भन्न नमिल्ने हुँदा थुनामा रहनु भएको ले.ज.मृगेन्द्र शमशेरलाई थुनाबाट छाडि दिने । (प्रकरण नं. १४, १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 30 |
|---|---|
| मुद्दाको विषय | बेरीतसँग थुने |
| निर्णय वर्ष / मिति | 2011/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 30 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
