सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३७ / ४४०

नि.नं. 74वि.सं. २०१६संयुक्त इजलास

बाली बिगो

१. वादीका झगडाका २० नम्बर र डं.स.का ५३ नम्बर–झगडा परेको बखतको बालीमा मुद्दा छिनिएको १ बर्षभित्र बिगो भराउन नालिस दिनुपर्ने–सो म्याद पछि बिगो भराई पाउँ भनी नालिस गरेमा डं.स. ५३ नम्बरले खारेज हुने । वादीले अघि झगडा परेका बखतको बाली भनी दावी गरेको । सो अघिको मुद्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 73वि.सं. २०१६संयुक्त इजलास

लेनदेन

१. साहु आसामीको २० नम्बर–एक पटक बाँकी ठेगाना गरी तमसुक भएकोमा–हिसाब नमिलेको भए तमसुकको मितिले ६ महिना भित्र नालिस उजुर गर्नुपर्ने–सो म्याद पछिको उजुर खारेज हुने । यसमा ०५ साल भाद्र १ गतेदेखि कामबाट हटाई हरहिसावबाट देखिएको रुपैयाँको तमसुक भएको र त्यसमा मुद्दा प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 72वि.सं. २०१६संयुक्त इजलास

बकसपत्र बदर

१. विधवा अंशधनको १ नम्बरको १ दफा र ३ दफाको व्याख्या–ऐनको व्याख्या गर्दा शब्दबमोजिमको अर्थ गर्नुपर्ने । २ दफाको रुल मिलाई दशौंद बाँकी राखी बकसपत्र दिएकोमा सो सदर हुने । ऐनको व्याख्या गर्ने विषयको ऐनमा जुन शब्द प्रयोग भएको छ, सोही शब्दबमोजिम अर्थ गर्नु भन्ने लेख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 71वि.सं. २०१६पूर्ण इजलास

झुक्याई कागज गराए

१. झुक्याई कागज गराए भन्ने मुद्दाको हदम्याद–किर्ते कागजका १ नम्बरमा उल्लेखित भएको भित्र पर्न जाने भएकाले ऐजन ऐनको २१ नम्बर मुताविक २ बर्षको हदम्याद भित्र मुद्दा दायर गर्नुपर्ने । एउटा कामलाई भनी सहीछाप गरेको लिफा कागज वा छाप लिए दिएकोमा सो काममा नलगाई अर्को व्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 70वि.सं. २०१६संयुक्त इजलास

हुण्डाबाली

१. बालीका झगडाको २० नं.–३ बर्षको म्याद नघाई कबुलियत बाहेक अरु कुनै कागज भाकापत्र समेत नभएमा–दावी लाग्न नसक्ने । खारेज हुने । ०८।०९ सालको बालीलाई ०१३ साल आषाढ ३२ गते मात्र ३ बर्षको म्याद नघाई दावी गरेको । ०७।२।३० को कबुलियत बाहेक अरु कुनै कागज भाखापत्र छ भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 69वि.सं. २०१६संयुक्त इजलास

गर्भ तुहाउने उद्योग गर्यो. भन्ने

१. गर्भपतन गराउने उद्योग गर्नेलाई दण्डसजाय–ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा सो उद्योग गर्नेलाई दण्डसजाय नखुलेको भए तापनि सो महलको ६१ नं. को कसुरसँग मिल्ने हुँदा २ बर्ष कैद हुने–पोली सावित गर्न नसक्नेलाई ऐ. को ६८ नं. ले १ बर्ष कैद हुने । सजायका हकमा ज्यानसम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 68वि.सं. २०१६संयुक्त इजलास

कागज सच्यायो

(१) झगडीयाबाट अड्डामा पेश दाखिल हुने सक्कल कागजमा–कैफियत भएमा सो जनाई लिनु पर्ने–सो कैफियत नजनाइएमा असावधानीसँग काम गरेको ठहरिने । झगडीयाले पेश दाखिल गरेको कागजमा मसी फुलेको र अरु कैफियत भए नभएको व्यहोराको कैफियत खुलाई सक्कल बमोजिम नक्कल र सक्कल लिनु परेकोमा प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 67वि.सं. २०१६पूर्ण इजलास

राजिनामा लिखत बदर गरी पाउँ

(१) रुपैयाँ लिन दिनु नभई–शर्तनामा लेखी–जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी–पछि शर्तनामा बमोजिम काम नगरी धोका दिएमा झुक्याई राजिनामा गराएको भन्न पर्ने– नालिस परेमा त्यस्ता राजिनामा सदर मान्न नहुने । बदर हुने । घरसारमा निजहरूको भएको शर्तबाट रुपैया लिनु दिनु नभएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 66वि.सं. २०१६पूर्ण इजलास

विना कसूरमा जागिर खोसी भ्रष्टाचार लगाए

(१) भ्रष्टाचार निवारण ऐनको १० नम्बर–कस्तो काम गरेमा सरकारी कर्मचारीलाई बात लाग्ने ? भ्रष्टाचार निवारण ऐनको १० नम्बर हेर्दा सरकारी कर्मचारीले जानी जानी गर्न पर्ने काम नगरी या गर्न नहुने काम गरी या एक थोक लेख्नु पर्ने अर्को कुरा लेखी सरकार या कसैलाई नोक्सान पार्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 65वि.सं. २०१६पूर्ण इजलास

लिखत पास

(१) अ.बं. ५ नं. र ६ नं.–नयाँ ऐनमा अघिको व्यवहारलाई यसो गर्नु भन्ने किटानी भएमा सो बमोजिम गर्नु पर्ने–किटानी नभएमा–अघि जुन बखत जुन ऐन बहाल थियो, सो सम्मलाई सोही ऐन बमोजिमको व्यवहार सदर हुने–र अड्डाले पनि सोबमोजिम गर्नु पर्ने । नयाँ ऐनमा अघिको व्यवहारलाई यसो गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 64वि.सं. २०१६संयुक्त इजलास

झुक्याई कागज गरायो

(१) आफैले अडर गरी लेखी ल्याएको कागजमा व्यहोरा नहेरी सहीछाप गरे भन्ने दावी असम्भव अनपत्यारको कुरा हुने । एकैमुष्ट कागज लेखी ल्याउने आफैले अडर गरी लेखी ल्याएको कागजमा हस्ताक्षर तथा ल्याप्चे समेत सहीछाप गर्नु हुने वादीले व्यहोरा नहेरी सहीछाप गर्नु भएछ भन्न सा¥ह्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 63वि.सं. २०१६पूर्ण इजलास

अंश

(१) घरायसमा बण्डा गरी आफ्नो २ भाग भोग बिक्री व्यबहार समेत भएमा र पास गर्न ऐनको म्याद समेत नाघेकोमा फेरि बण्डा गर्न नमिल्ने । घरायसमा बण्डा गरी आफ्नो भाग दर्ता तिरो भोग बिक्री व्यवहार समेत गरी सकेको अब पास गर्नलाई ऐनको म्याद पनि नाघी सकेको हुँदा पास गर्न पनि नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 62वि.सं. २०१६संयुक्त इजलास

लेनदेन

(१) अ.ब. ९८ नम्बर प्रतिवादी र विषय छुट्टा–छुट्टै भएमा २ जवान साहुले २ जवान आसामी उपर एउटै फिरादपत्र दिएमा अ.बं. ९८ नं. ले दुवै जनाको हकमा इन्साफ दिन नहुने । वादी प्रतिवादीहरू र तमसुक विषय समेत छुट्टा–छुट्टै भएकोले त्यस्तोमा एउटै फिरादपत्रबाट इन्साफ गर्दा उक्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 61वि.सं. २०१६पूर्ण इजलास

जग्गावाली

(१) जग्गामिच्नेका २१ नम्बर र जग्गा पजनीका ३४ नम्बर आफ्नो हकको जग्गा अर्कोले दर्ता तिरो भोग गरी खाएकोमा २ वर्ष भित्र उजुर गरी आफ्नो गराउनु पर्ने सो म्याद भित्र नगरे उजुर नलाग्ने । सो जग्गा प्रतिवादीका नाउँमा दर्ता भई तिरो भोग गरी भोग चलनगरी आएको ०१ साल देखि ०४…

नजिर सार पढ्नुहोस् →
नि.नं. 60वि.सं. २०१६संयुक्त इजलास

थैली बुझाई जग्गा निखनाई पाउँ

१. साहु आसामीका ३१ नं. भोगबन्धकी थैली घटाई लख सारेकोमा बन्धक दिने आसामीले तहसँग गई निखन्न पर्ने र पुरा थैली लिई लख सारेकोमा सोझै पछिल्ला साँहु कहाँ निखन्न गए पनि हुने । आफ्नो भोगबन्धकी थैली घटाई लखबन्धकी दिएकोमा बन्धक दिने आसामीले निखन्न जाँदा बन्धक खाने साहुँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 59वि.सं. २०१६पूर्ण इजलास

थैली तिर्न पर्ने नपर्ने यकीन गरी पाउँ

(१) वादीमा दुई कुरा गरी दावी लिएकोमा निश्चयरुपले दावी लिन सकेको नदेखिने । वादी हेर्दा पटक–पटक भएका इस्तिहार जग्गा पजनीका ६।३४ नम्बर घर बनाउनेका २१ नं. का ऐन समेतले साहुको घरमा हक दैयापुग्न सक्तैन । यदि हक ठहर्ने भए पनि उल्लिखित ऐन इस्तिहारले भोगबन्धकी नै कायम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 58वि.सं. २०१६

हेर्न नहुने मुद्दा हेर्योस

(१) भूमीसम्बन्धी ऐनको दफा १३–अदालतको फैसला बेगर गोश्वारा माल मैजिष्ट्रेटले–यसै ऐनको १८ दफाको कुरा बाहेक हक बेहक दिन दिलाउनु नसक्ने । १३ दफामा अदालतको आदेश बेगर कुनै सुरक्षित किसानलाई निजको भोग चलनको जग्गाबाट निकाल्न हुँदेन भन्ने समेत यस्तै अदालतले मुद्दा हेर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 57वि.सं. २०१६पूर्ण इजलास

जग्गा बाली

(१) रजिष्ट्रेशनका ३ नं. र ७ नं–पास गर्नुपर्ने लिखत ऐनका म्यादभित्र पास नगराए सो लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुन जाने । सो ०६ सालमा भएको लिखत रु.५९९ को भोगबन्धकी देखिएको रजिष्ट्रेशनका ३ नं. ले पास गर्नुपर्ने पास नभएको लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 56वि.सं. २०१६पूर्ण इजलास

सर्वोच्च अदालत ऐन दफा ११ अन्तर्गत आदेश पाउँ

१. लालमोहर सदर नभएकोलाई ऐन भनी अदालतले मान्यता दिन नमिल्ने । ऐन मस्यौदा मात्र हो भन्नु भएबाट कानून मन्त्रालय बुझ्दा, सो ऐन लालमोहर भएको छैन भन्ने लेखी आएकोले लालमोहर सदर नभएकोलाई ऐन भनी अदालतले मान्यता दिन नमिल्ने । (प्रकरण नं. १०) २. नेपाल नागरिक अधिकार ऐन, २…

नजिर सार पढ्नुहोस् →
नि.नं. 55वि.सं. २०१६पूर्ण इजलास

अंश

१. वादी अंशियार होइन भन्न र अंश दिईसकेको छु भन्न प्रतिवादीले सबुद दिनुपर्ने । वादी अंशियार होइन भन्न प्रतिवादीले नसकेको । अंश वापत मो.रु.१७०० दिने १ छापे भएको भनेमा पनि दिइसकेको भन्न लेख्न सबुद दिन प्रतिवादीले नसकेको । (प्रकरण नं. ७) २. अंशबण्डाको ४९ नं.–रीतपू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 54वि.सं. २०१६पूर्ण इजलास

खुन

१. ज्यानसम्बन्धी ३७ नं.– ज्यान जाने खत स्वास्नीमान्छेले गरेमा – ज्यान सजायको दामल हुने । ज्यानसम्बन्धीका २५ नं. ले लोग्नेमानिस स्वास्नीमानिस जो हवस् ज्यान जाने खत गरे सो ऐनले ज्यान सजाय हुनेमा स्वास्नीमानिसले सो खत गरे सोही महलको ३७ नं. मा ज्यान नलिनु दामल गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 53वि.सं. २०१६पूर्ण इजलास

डाका

१. अदालती बन्दाबवस्तको २१८ नं.–भरी भराउ गर्नुपर्ने मुद्दामा हकवालाको नाउँमा म्याद दिनुपर्ने । मर्ने लालजिरावत कुर्मी डाका ठहरेमा निजको अंशबाट वादीले पाउने बिगो भरी भराउ हुनु गर्नुपर्ने भएको र अ.बं.२१८ ले भरी भराउ गर्नुपर्ने मुद्दामा हकदारका नाउँमा म्याद दिनु भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 52वि.सं. २०१६संयुक्त इजलास

जग्गा जालसाजी

(१) वादीले कसैलाई बिदेशी भनेमा–बिदेशी हो भन्ने सबुद वादीले नै गुजार्नु पर्ने । बहस सुनी बुझ्दा बिदेशी भन्ने सबुद प्रमाण वादीले गुजार्न नसकेकोले वादीको उजुर झुठ्ठा ठहराएको इन्साफ बुटवल अमिनीको मनासिव छ । (प्रकरण नं. ५) (२) हा.क.नं. १०–इन्साफ पारी छिन्ने हाकिम उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 51वि.सं. २०१६पूर्ण इजलास

दर्ता बदर

१. आवाद जग्गाको दर्ता सदर भएमा नापी गरी चारकिल्ला छुट्ट्याई दर्ता कायम गरी दिनुपर्ने । आवादी जग्गाको दर्ता कायम गर्ने विषयमा दुवै न्यायाधीशजीहरूको राय मिलेकै हुनाले तीन खण्डको १ खण्ड जग्गा छुट्याउन लाई नै नापी गर्नुपर्ने । सो बमोजिम नभएमा ३ खण्डको १ खण्ड यति ह…

नजिर सार पढ्नुहोस् →