नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 58 · वि.सं. २०१६
नि.नं. 58 — हेर्न नहुने मुद्दा हेर्योस
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमीसम्बन्धी ऐनको दफा १३–अदालतको फैसला बेगर गोश्वारा माल मैजिष्ट्रेटले–यसै ऐनको १८ दफाको कुरा बाहेक हक बेहक दिन दिलाउनु नसक्ने । १३ दफामा अदालतको आदेश बेगर कुनै सुरक्षित किसानलाई निजको भोग चलनको जग्गाबाट निकाल्न हुँदेन भन्ने समेत यस्तै अदालतले मुद्दा हेर्न पाउने अधिकारका अरु दफा दफामा समेत प्रयोग भईरहेको देखिनाले उक्त ऐन दफाहरूबाटै स्पष्ट यो थाहा हुन्छ कि अदालतको फैसला बेगर गोश्वारा माल मैजिष्ट्रेटले उक्त ऐन १८ दफा अन्तर्गतको कुरा बाहेक प्रस्तुत मुद्दामा हक बेहक दिनु दिलाउनु दण्डसजाय गर्न माल गोश्वारालाई उक्त ऐनले अधिकार दिएको देखिँदैन । (प्रकरण नं. ४) (२) भूमीसम्बन्धी ऐन दफा १८– १८ दफामा उल्लेख भएका अधिकारीवर्गले त्यसै दफामा किटानी भएका कुराहरू बाहेक–अन्य मुद्दाहरू हेरी दण्डसजाय गर्न नपाउने–गरेको भए गैरकानूनी ठहरी खारेज हुने । सोही १८ दफाको देहाय ३ दफामा सुरक्षित किसानको यो ऐन अन्तर्गतको हक अधिकार प्राप्तिमा झगडा पर्न आएमा त्यस्तो उजुरीहरूको किनारा लगाउन जिल्ला बडाहाकिम वा मैजिष्ट्रेट वा निजले मनोनित गरेका सरकारी कर्मचारी र इलाका मालका हाकिमले जो बुझ्नु पर्छ सबुद प्रमाण सरजमिन समेत बुझी निर्णय गर्ने र यस्तो निर्णय अन्तिम हुनेछ भन्ने लेखिएकाले यो प्रष्ट बताएको छकि सो १८ दफा अन्तर्गतका कुरालाई मात्र उक्त लेखिएका बडाहाकिम मालका हाकिमले हेर्न पाउने १८ दफा बाहेकका मुद्दालाई उक्त १८ दफाको ३ दफा लगाई माल गोश्वाराले नपाउनेमा १८ दफा भित्र नपरेकोले प्रस्तुत मुद्दा माल गोश्वाराले हेरी अन्तिम फैसला गरेको र वादी बुद्धिबहादुर प्रतिवादी कृष्णप्रसाद भएको लुटपिट मुद्दा १ वादी माननाथ प्रतिवादी कृष्णप्रसाद भएको लुटपिट मुद्दा डायर गरेको गैरकानूनी हुँदा खारेज हुने ठहर्छ । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 58 |
|---|---|
| मुद्दाको विषय | हेर्न नहुने मुद्दा हेर्योस |
| निर्णय वर्ष / मिति | 2016/04/12 |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 58 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
