नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 64 · वि.सं. २०१६

नि.नं. 64 — झुक्याई कागज गरायो

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफैले अडर गरी लेखी ल्याएको कागजमा व्यहोरा नहेरी सहीछाप गरे भन्ने दावी असम्भव अनपत्यारको कुरा हुने । एकैमुष्ट कागज लेखी ल्याउने आफैले अडर गरी लेखी ल्याएको कागजमा हस्ताक्षर तथा ल्याप्चे समेत सहीछाप गर्नु हुने वादीले व्यहोरा नहेरी सहीछाप गर्नु भएछ भन्न सा¥ह्रै असम्भव अनपत्यारको कुरा गर्नु भएको । (प्रकरण नं. १७) (२) जान्न बुझ्न करै लाग्ने कुरामा चुपलागि बसेमा र आफ्नो गल्ती लापरवाही वा अनुचित मात्राको भर–पत्यारमा परी करवाई वा अनुचित मात्राको भरपत्यारमा परी कारवाई गरेकोमा सो को उत्तरदायित्व वादीमै हुँनुपर्ने । सहीछाप गरी पठाएका ४।५ महिनासम्म अर्थात् उनैहरूले भने अगाडि के कुरामा सहीछाप गरेको छ भनी जान्न बुझ्न करै लाग्ने कुरामा चुप लागि रहेको वादीबाटै देखिएकाले यदि झुक्याएको भनी एकक्षण अनुमान गरे पनि आफ्नै गल्ती सुस्ती लापरवाहीले वा अनुचित मात्राको भरपत्यार वा अन्धविश्वासले भन्नु परेकोले त्यस्ता काम कारवाईको उत्तरदायित्व वादीले नै बहन गर्नुपर्ने भन्न परेकाले समेत यस्ता कुरामा झुक्याएर सही गरायो भन्न ऐन कानून व्यवहारले नमिल्ने हुँदा झुक्याएको भन्ने ठहराएको अपीलको गल्ती झुक्याएको नठहराएको शुरुको मनासिव। (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.64
मुद्दाको विषयझुक्याई कागज गरायो
निर्णय वर्ष / मिति2016/07/18
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 64
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्