नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 74 · वि.सं. २०१६
नि.नं. 74 — बाली बिगो
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. वादीका झगडाका २० नम्बर र डं.स.का ५३ नम्बर–झगडा परेको बखतको बालीमा मुद्दा छिनिएको १ बर्षभित्र बिगो भराउन नालिस दिनुपर्ने–सो म्याद पछि बिगो भराई पाउँ भनी नालिस गरेमा डं.स. ५३ नम्बरले खारेज हुने । वादीले अघि झगडा परेका बखतको बाली भनी दावी गरेको । सो अघिको मुद्दा प्र.न्या. तेश्रा फाँटबाट ०६।७।२५ गते अन्तिम फैसला भएको । बालीका झगडाका २० नं. अनुसार झगडा परेको बालीमा मुद्दा छिनिएको १ बर्ष भित्र यो नालिस परेको नदेखी ०७।८।२९ मा बर्ष दिनको म्याद नघाई उजुर परेको देखिनाले सो बाली बिगो भराउन नमिली नलाग्ने उजुर लिई कारवाई गरेको डं.स. ५३ नं. बमोजिम खारेज हुनेठहर्छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 74 |
|---|---|
| मुद्दाको विषय | बाली बिगो |
| निर्णय वर्ष / मिति | 2016/03/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 74 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
