नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 71 · वि.सं. २०१६

नि.नं. 71 — झुक्याई कागज गराए

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. झुक्याई कागज गराए भन्ने मुद्दाको हदम्याद–किर्ते कागजका १ नम्बरमा उल्लेखित भएको भित्र पर्न जाने भएकाले ऐजन ऐनको २१ नम्बर मुताविक २ बर्षको हदम्याद भित्र मुद्दा दायर गर्नुपर्ने । एउटा कामलाई भनी सहीछाप गरेको लिफा कागज वा छाप लिए दिएकोमा सो काममा नलगाई अर्को व्यहोराको लिखतमा लगाई वा अर्कै व्यहोरा लिखत लेख्ने इत्यादी भन्ने र सो कागज किर्ते ठहरी बात लाग्छ भन्ने समेत किर्ते कागजका १ नं. मा र सरकारिया छाप लागेको कागजहरू र सरकारिया अड्डामा रहेको कागजपत्रहरू बाहेक अरु किर्ते गर्‍यो भन्ने वा मुखका परिपन्चले किर्ते कुरा गर्ने अथवा नपाएको पगरी पाएँ भनी पर पजनी गर्‍यो भने सो भएका २ बर्ष भित्र सो कुरा गर्‍यो भन्ने नालेस नदिए त्यस्ता कुराको नालेस नसुन्नु भन्ने ऐजन २१ नं. मा लेखिएको हुनाले झुक्यायो भन्ने मुद्दा उक्त १ नं. मा उल्लेखित भएको अर्कै व्यहोरा लिखत लेख्ने इत्यादी भित्र पर्न जाने भएकोले हदम्यादै छैन भन्न नहुने । उक्त २१ नं. ले २ बर्षको हदम्याद भई म्याद भित्र नालेस परेको देखिनाले खारेज गर्न मनासिव नभएकोले इन्साफ गर्नुपर्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.71
मुद्दाको विषयझुक्याई कागज गराए
निर्णय वर्ष / मिति2013/06/10
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 71
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्