नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 66 · वि.सं. २०१६

नि.नं. 66 — विना कसूरमा जागिर खोसी भ्रष्टाचार लगाए

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भ्रष्टाचार निवारण ऐनको १० नम्बर–कस्तो काम गरेमा सरकारी कर्मचारीलाई बात लाग्ने ? भ्रष्टाचार निवारण ऐनको १० नम्बर हेर्दा सरकारी कर्मचारीले जानी जानी गर्न पर्ने काम नगरी या गर्न नहुने काम गरी या एक थोक लेख्नु पर्ने अर्को कुरा लेखी सरकार या कसैलाई नोक्सान पार्न या त्यस्तो नियत लिनेलाई बात लाग्छ । (प्रकरण नं. ६) (२) सरकारी काज खटिएकोमा–संकटकालिन अवस्था परी–जान नसक्ने भई रिपोर्र्ट गरेकोमा अनुशासन भङ्ग गर्‍यो भनी भ्रष्टाचार ऐन लगाई सजाय गर्न नमिल्ने । सरकारीया काजमा खटिएपछि काजमा जानै पर्नेमा नगई बिरामी कुरुवाको रिपोर्र्ट दिएकाले अनुशासनहिनताको कसूर गरेको भनी सजाय गर्नलाई पनि अवस्था विचार गर्दा, डाक्टरले गर्भवती छन । महिना पुरा भए जस्तो लाग्छ भनी रिपोर्ट लेखि दिएकै र वर्षाकाल परदेश कैलाली जस्तो ठाउँ भाषपूर्ण भईसकेकी गर्भवती स्त्री भई उनको संरक्षक आफु बाहेक अरु कोही नभएको भन्ने हुँदा संकटकालिन कै अवस्था देखिएकोबाट ऐनले लिन पाउने बिरामी कुरुवाको रिपोर्ट दिएकोमा अनुशासन भङ्ग गरेको भनि सजाय दिन ठीक मनासिव नपर्ने हुनाले निज मु. पिताम्बरप्रसादलाई कैलाली कञ्चनपुर गोश्वाराले भ्रष्टाचारको ऐन लगाई सजाय गर्ने गरेको इन्साफ मनासिव ठहर्दैन । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.66
मुद्दाको विषयविना कसूरमा जागिर खोसी भ्रष्टाचार लगाए
निर्णय वर्ष / मिति2012/06/23
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 66
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्