नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 53 · वि.सं. २०१६
नि.नं. 53 — डाका
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. अदालती बन्दाबवस्तको २१८ नं.–भरी भराउ गर्नुपर्ने मुद्दामा हकवालाको नाउँमा म्याद दिनुपर्ने । मर्ने लालजिरावत कुर्मी डाका ठहरेमा निजको अंशबाट वादीले पाउने बिगो भरी भराउ हुनु गर्नुपर्ने भएको र अ.बं.२१८ ले भरी भराउ गर्नुपर्ने मुद्दामा हकदारका नाउँमा म्याद दिनु भन्ने प्रष्ट लेखिएको अ.बं.२१८ नं. का ऐनबमोजिम हकवालाका नाउँमा म्याद दिनुपर्ने देखिँदा म्याद दिने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१५।१२।२ को श्री माननीय न्यायाधीश मुक्तिकान्तजीको राय मनासिव । २. दण्डसजायको २९ नं.–बिगो भराई दशौंद वा जिताउरी लिनु पर्ने मानिस असुल उपर नहुँदै मरेमा हकवालाबाट लिनु लेखिए देखि बाहेक अरुमा मरेका मानिसको खत माफ हुन्छ । प्रस्तुत डाका मुद्दा हुँदा म्याद दिनु नपर्ने हो कि भन्ने शंका उठ्न सक्तछ । तर उक्त लेखिए मुताविक भरी भराउ गर्नुपर्ने दण्डसजायको २९ नं. ले बिगो भराई दशौंद वा जितावरी लिनु पर्ने मानिस असुलउपर नहुँदै मर्यो भने पनि उस्का हकवालाले बिगो भोग गर्ने हुनाले ऐनबमोजिम बिगो भोग गर्ने हकवालाबाट बुझी लिनु । लेखिए देखि बाहेक अरु दण्ड विशौंध पान फुल जितावरी कैद जो भएको हो, उ मरेपछि मरेका मानिसको खत माफ हुन्छ भने उल्लेख भईरहेकै ।
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 53 |
|---|---|
| मुद्दाको विषय | डाका |
| निर्णय वर्ष / मिति | 2016/04/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 53 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
