सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३६ / ४४०

नि.नं. 98वि.सं. २०१७संयुक्त इजलास

सरसियोररीको रीट जारी गरी पाउँ

(१) अर्धन्यायिक संस्थाको हैसियतमा निर्णय दिँदा, सरोकारवालाहरूलाई जो चाहिने सूचना दिई उनीहरूको उचित जिकिर उपर विचार गरी निकासा दिनुपर्ने । आफ्नो कुरा जाहेर गर्न उचित मौका नदिई निकाशा दिनु पर्ने भन्दा बढी गरेको निर्णय निकाशा मान्य नहुने । उत्प्रेषणको रीट जारी हु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 97वि.सं. २०१७संयुक्त इजलास

परमादेशको रीट जारी गरी पाउँ

(१) सर्वोच्च अदालत ऐन, २०१३ को दफा ११ ।अदालतको असाधारण अधिकार क्षेत्र र कुन शर्तमा अदालतले सो अधिकार प्रयोग गर्न मिल्ने हो ? भन्ने बारे । सर्वोच्च अदालत ऐन, २०१३ को दफा ११ मा उक्त अदालतलाई प्राप्त असाधारण अधिकारक्षेत्रको उल्लेख भई के कुन शर्तमा सो अधिकार उक्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 96वि.सं. २०१७संयुक्त इजलास

बकसपत्र बदर

(१) बाजेको पालाको आर्जन हो भन्ने सबूद वादीले नै पेश गर्नु पर्ने । पेश गर्न नसकेमा दसौंद बाँकी राखी बकसपत्र गरी दिएकोमा सो सदर हुने । चलमा दसौंद बाँकी नराखी गरिदिएको बकसपत्रमा अचलमा दसौंद बदर भई वादीले पाउने र अरू बकसपत्र सदरै हुने । सो जग्गाहरू बाजे बराजुको आर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 95वि.सं. २०१७संयुक्त इजलास

धर्मलोप

(१) अ. बं. १०६ नम्बरमा उल्लिखित “हकदैया” शब्दको बुझाउने अर्थ । अ. बं. १०६ नं. मा उल्लिखित हकदैया शब्दले सबै किसिमको हक अर्थात कुनै सम्पत्तिमा अरू कसैको कुनै किसिमको हक नभई एक व्यक्ति वा व्यक्तिहरूको एकलौटी हक र दुई व्यक्ति वा व्यक्तिहरूको आपसी सम्झौताबाट उत्पन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 94वि.सं. २०१७संयुक्त इजलास

करकाप

(१) तमसुकका साक्षी श्रोताका रोहवरमा रूपैंयाँ दिनुपर्ने र कारणीको र लिखत साक्षी, फड्के साक्षी समेतको रोहवरमा सहीछाप हुनुपर्ने । त्यसो भए गरेको नभएमा झुक्याई कागजमा कारणीको सहीछाप गरेको ठहर्ने । तमसुकमा साक्षी लेखिएका व्यक्तिहरूले लिनु दिनु गरेको देखि सहीछाप गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 93वि.सं. २०१७एक न्यायाधीशको इजलास

अपुताली धनमाल

(१) शंकाजनक भए अरू समर्थनको प्रमाण पुर्‍याउनु पर्ने । पक्का लिखत बेगर हक टुट्न नसक्ने । पास नभएको लिखतले हकवाला भन्ने नदेखिने । ९५ सालको नापी मोठमा लागेको पुण्यराजको सहीछापसँग भिडाउँदा सिरमा लागेको दायाँ ल्याप्चे मसी बढ्ता भएकोले बुझिंदैन । बायाँ ल्याप्चेसँग म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 92वि.सं. २०१७संयुक्त इजलास

खाद्यान्न इस्टक राखे

१. बढी अन्न छँदै थिएन भन्न र सो यो काममा खर्च हुने भन्ने समेतको प्रमाण मौकैमा विवरण सहितको सूचना नदिएमा बढी अन्न राखेको ठहर्ने । बस्तु नियन्त्रण अल्पकालिन ऐन, २०१२ को दफा ४। नियन्त्रण गर्नको लागि व्यवस्था मिलाउने सम्म सरकारलाई अधिकार दिएको । आदेश बर्खिलाप गरेम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 91वि.सं. २०१७संयुक्त इजलास

सर्वोच्च अदालतमा अपील गर्न विशेष अनुमति पाउँ

(१) न्याय प्रशासन ऐन, २०१६ को दफा १९) (१) जिल्ला अदालतमा अपील लाग्ने बारे । कुनै मुद्दा मामिलामा इलाका न्यायाधीशले गरेका जुनसुकै फैसला वा अन्तिम आदेश र दफा १८ अन्तर्गत इलाका न्यायाधीशले दिएको सजायको आदेश उपर जिल्ला अदालतमा अपील लाग्ने छ । (प्रकरण नं. ५) (२) न्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 90वि.सं. २०१७संयुक्त इजलास

लेनदेन

(१) तमसुकको रूपैँया बुझाएको प्रमाण पेश दाखिल गर्न नसकेर तमसुक कायमै देखिएमा नबुझाएकै ठहर्ने । कपाली तमसुकको कं. रु १२३१ साहु सीतारामलाई बुझाएको प्रमाण केही पेश दाखिल गर्न नसकेको र तमसुक कायमै देखिएकोले समेत इन्साफ शुरुको सदर गरेको स. अपीलको मुनासिब छ । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 89वि.सं. २०१७संयुक्त इजलास

थैली बुझाई पाउँ

(१) बन्धकी दिएको दोहरी समेत कुनै सबुद नभएमा र दर्ता अरूको नाममा भएमा म्याद भित्र उजुर पनि नगरेमा बन्धकी थैली तिरेको बखत जग्गा हक हुने गरी पाउँ भन्ने दावी पुग्न नसक्ने। बन्धकी दिएको दोहरी समेत कुनै सबुद दाखिल गर्न नसकेको । दर्ता प्रतिवादीहरूका नाउँमा भएमा वादी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 88वि.सं. २०१७एक न्यायाधीशको इजलास

जबरजस्ती चोरीको रीट

(१) बेरीतबाट परेको रीट खारेज हुने । रीटको निवेदनपत्र सर्वोच्च अदालत नियमावलीको ४४ बमोजिम रजिष्ट्रार मार्फत दर्ता गराउनु पर्ने । यसमा पेश हुन आएको रीटको निवेदनपत्र समेतको व्यहोरा बुझि विचार गर्दा यो निवेदनपत्र सर्वोच्च अदालत नियमावली ४४ बमोजिम रीत पुर्‍याई रजिष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 87वि.सं. २०१७एक न्यायाधीशको इजलास

बन्दी प्रत्यक्षीकरण (हेवियस कर्पस) को रीट जारी गरी पाउ“

(१) कस्तो अवस्थामा बन्दी प्रत्यक्षीकरणको रीटमा दावी नपुग्ने । ऐनबमोजिम गठन भएको अदालतबाट कारवाई हुँदा कानूनी अधिकार प्रयोग गरी थुनामा राखेको देखिएकोले निवेदकको जिकिर बमोजिम बन्दी प्रत्यक्षीकरणको रीट जारी गरी पाउ“ भन्ने दावी पुग्न नसक्ने हुँदा यो निबेदन खारेज ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 86वि.सं. २०१६

आशय, डाका, थुनछेक

१. अ.बं.१५२ नं. का २ दफाको देहायको १ दफा कस्तो वारदातमा लागू हुने ?–वारदात गरी रहेको मौकैमा जागिरदारले पक्री ल्याएको भन्ने शब्दले चोरी डाका गरेको वारदातलाईसम्म लागू हुने । डाका गर्न जाने कुराको सल्लाह गरेको ठाउँमा पक्रदा हात हालाहाल भएको वारदातलाई सो उपरोक्त द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 85वि.सं. २०१६

ज्यान

१. ज्यानसम्बन्धीको ३३ नं.–एउटालाई तर्साउना छोडेको चोट आर्कोलाई लागि मरेमा–झुक्की चोट प्रहार गर्नेलाई कैद महिना ६ हुने । लाल विहारीका चोटबाट मर्न गएको भनी ठहराएको अमिनी अपील सदर अमिनी गोश्वाराको इन्साफ मनासिव झुक्की तर्साउनालाई आर्का पर छोडेको चोट विलटलाई लागि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 84वि.सं. २०१६एक न्यायाधीशको इजलास

बन्धकी थैली बुझाई पाउँ

१. मनासिव माफिकाको कारण बताई थैलि बुझी लिन मञ्जुर नगरेमा नालिस गर्नु भनी सनद सदर भएकोमा मनासिव माफिकको कारण केही नबताई पास नभएको चिट्ठीको भरबाट पास भएको बन्धकी लिखत थैली बुझ्न मञ्जुर नगरे मनासिव नदेखिने । झिकाई आएका निखन्ने विषयको सनद ०३।१२।८।६ को नभई मिसिल सा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 83वि.सं. २०१६संयुक्त इजलास

वन काट्यो

१. सनद हुँदा आवादी भएका बाहेक अरु संरक्षण गर्नु भन्ने लेखिएकोमा–सो सनद अगावै आवादी भएकोलाई कायम गर्नुपर्ने र सनद पछि रुख काटी आदावद गरे गरायमा सजायको भागी हुने । ७० सालको वनपाला सनदको ४ किल्ला भित्रको यो झगडा परेको जग्गा देखिन आएको र ७० सालमा सनद हुँदा आवादी ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 82वि.सं. २०१६संयुक्त इजलास

ज्यान

१. अघि देखिनै रिस कुनै इवी अदवत नभएमा र मार्छु नै भनी चोट प्रहार नगरेको भए–रिसको उद्वेगबाट हान्दा मर्न गएमा–सर्वस्व गरी दामलको सजाय गर्न मनासिव नहुने अ.बं.२३५ नं. बमोजिम कैद १२ बर्षको सजाय हुने । बाबुसँग झगडा भई रिस उठेको बखत निजले पनि गाली गर्दा रिस उठी आधा झ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 81वि.सं. २०१६एक न्यायाधीशको इजलास

हक सफा

१. राजिनामा पास भई प्र. ले सो नै जग्गामा घर बनाई बसेमा र हक सफा गरी पाउँ भन्ने वादी पनि सोही नै ठाउँमा रहे बसेकोमा–मौकामा थाहा हुने नै हुँदा मौकामा थाहा पाइन भन्ने कुरा मान्य नहुने हुँदा म्याद पछिको उजुरबाट हक सफा गर्न नपाउने । ५ सालमा राजिनामा पास भए तापनि प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 80वि.सं. २०१६संयुक्त इजलास

हाडनाता करणी

१. असुम व्यक्तिले सिकायबाट नै पोलेको हुँ भनी पुलिस र फौजदारीमा समेत बयान गरेमा सो को सबुद भन्नेले नै गुजार्नु पर्ने–सो को सबुद गुजार्न नसके मान्न नहुने–र पोलाहाका ५ नं. बमोजिम दण्डसजाय हुने । देवीबहादुरले सिकाएबाट गाउँ घरमा नारायण कार्कीलाई पोलेको भनी मैयाले प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 79वि.सं. २०१६विशेष इजलास

हरन भएको जिमिदारी नम्बरी समेत फिर्ता पाउँ भन्ने

१. ०८।१०।७ को गजेटमा प्रकाशित सूचना–राजकाजसम्बन्धी अभियोगमा रिस, राग तथा बदला लिने भावनाको सिकार बनेकाले ७० दिन भित्र उजुर गर्न आउनु भन्ने । राजकाजसम्बन्धी अभियोगमा रिस राग तथा बदला लिने भावनाको सिकार बनेका व्यक्तिको उजूर ७० दिन भित्र राज्य व्यवस्थामा गर्न आउन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 78वि.सं. २०१६

मौलिक हक हनन गरे, चलान रद्द गराई पाउँ

१. चुनाव हुने मिति अघि जुनसुकै पार्टीले जहिले सुकै पनि एकै किसिमको चुनाव चिन्ह माग गरे दिनु पर्छ भन्ने कानूनमा व्यवस्था नभएकोमा र, पहिले राजनैतिक पार्टी भन्न नसकी पछिमात्र राजनैतिक पार्टी सरहको माग गरेमा–टायमले नभ्याउने भए–माग गरेकोमा कानून प्रदत्त अधिकारको हन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 77वि.सं. २०१६संयुक्त इजलास

जग्गा

१. म नै हकवाला भनी दावी गरेको जग्गामा–दावी गर्नेले आफ्नु भोग चलन तिरोको प्रमाण गुजार्नु पर्ने । सो प्रमाण गुजार्न नसके उजुर खारेज हुने । २००५ साल देखि जग्गा भोग तिरो गरेको छु । तिरो बुझाएको अर्धकट्टी स्वास्नीले राखेकी छ भनी फिरादपत्रमा लेखिएकोमा पेश गर्न नसकी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 76वि.सं. २०१६

जालसाजी

(१) जालसाजी बकसपत्र लिए दिएको बदर गरी पाउँ भन्ने दावीको हक म्याद कायम गर्दा–दान दातव्यका ऐनको महल मुताविकको हदम्याद मुताविक म्याद कायम गर्नुपर्ने । जालसाजीमा उजुर गर्ने हदम्याद किर्ते कागजको २१ नं. मा नखुलेकोले अं.बं. ६० नं. बमोजिम जहिले पनि नालेस लाग्ने भनी स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 75वि.सं. २०१६संयुक्त इजलास

सम्पूर्ण निर्वाचन बदर गरी पाउँ

(१) सर्वोच्च अदालत ऐन, २०१३ को दफा ११–सर्वोच्च अदालको असाधारण अधिकार क्षेत्र । प्रचलित कानूनद्वारा नागरिक तथा अरुहरूलाई प्रदत्त अधिकारको प्रचलनका लागि कानूनमा अरु कुनै उपायको व्यवस्था नगरिएको भए त्यस्का निमित्त जो चाहिने आज्ञा आदेश वा पूर्जी जस्मा परमादेश (म्य…

नजिर सार पढ्नुहोस् →