नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 86 · वि.सं. २०१६

नि.नं. 86 — आशय, डाका, थुनछेक

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. अ.बं.१५२ नं. का २ दफाको देहायको १ दफा कस्तो वारदातमा लागू हुने ?–वारदात गरी रहेको मौकैमा जागिरदारले पक्री ल्याएको भन्ने शब्दले चोरी डाका गरेको वारदातलाईसम्म लागू हुने । डाका गर्न जाने कुराको सल्लाह गरेको ठाउँमा पक्रदा हात हालाहाल भएको वारदातलाई सो उपरोक्त दफा लाग्न नसक्ने– अ.बं.१५२ नं. को १० दफाअनुसार तारिखमा राखी कारवाई गर्नपर्ने । डाका गर्न भनी सल्लाहा गरेका ठाउँमा पक्री ल्याएको सो पक्रदा हतियार चलेको भन्ने पुलिको रिपोर्ट परेकोमा इन्कारी बयान गर्ने प्रतिवादीलाई पुर्पक्षको निमित्त जमानी धरौट थुनामा राख्नु पर्ने अवस्था खुलेको अ.बं.१५२ नं. का २ दफाको देहायका दफा कुनै पनि मिल्ने नभई उक्त २ दफाको देहाय १ दफामा वारदात गरी रहेको मौकैमा जागिरदारले पक्री ल्याएको भन्ने शब्दले चोरी डाका गरेको वारदातलाईसम्म लागू हुने डाका गर्न जाने कुरा बगैचामा बसी सल्लाह गरेको ठाउँमापक्रदा हात हालाहाल भएको वारदातलाई सो दफा साग्न नसक्ने हुनाले पुर्पक्ष निमित्त अ.बं.१५२ नं. को १० दफा अनुसार तारिखमा राखी कारवाई गर्नुपर्ने ठहर्छ दौडाहाले आदेश दिई थुनामा राखेको मनासिव नदेखिएकाले तुरुन्त थुनाबाट छाडी तारेखमा राखी कारवाई गर्न कलैया अमिनीमा हाजिर हुन जानु भनी तारेख तोकी पठाई दिनु भनी वीरगन्ज जेल अफिसलाई सूचना दिनु । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.86
मुद्दाको विषयआशय, डाका, थुनछेक
निर्णय वर्ष / मिति2015/01/09
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 86
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्