नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 93 · वि.सं. २०१७

नि.नं. 93 — अपुताली धनमाल

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शंकाजनक भए अरू समर्थनको प्रमाण पुर्‍याउनु पर्ने । पक्का लिखत बेगर हक टुट्न नसक्ने । पास नभएको लिखतले हकवाला भन्ने नदेखिने । ९५ सालको नापी मोठमा लागेको पुण्यराजको सहीछापसँग भिडाउँदा सिरमा लागेको दायाँ ल्याप्चे मसी बढ्ता भएकोले बुझिंदैन । बायाँ ल्याप्चेसँग मिल्दैन । केरेको ठाँउमा लागेको ल्याप्चे मिल्छ भनी रेखा विशेषज्ञको रिपोर्ट भएकोबाट शंकाजनक भई अरू समर्थनको प्रमाण नभएको । पुण्यराजका नाउँमा दर्ता तिरो भरो भएको जग्गा निजको हक टुटेको र रजिष्ट्रेशन पास भएको पक्का लिखत बेगर पुण्यराजको हक टुट्न नसक्नेमा पनि मुख्य सहीछाप लाग्ने ठाँउमा लागेको ल्याप्चे नबुझिने, नमिल्ने भएको र सो भरपाई शुरु प्रतिवादीमा प्रमाण दिन र पेश दाखिल गर्न नसकेको । त्यस्तो पास नभएको लिखतले जितबहादुरको हक भन्न नहुने । सो जग्गाहरूको दर्ता बुझी पाउँ भन्ने निज जितबहादुरको जिकिरमा सक्कलै मोठ र दर्ता समेत झिकाई हेरेमा आमा चिरीमायाको नाउँमा दर्ता भएको कतै कुनै पनि श्रेस्ता नभई साविक गौंडामा र हालमा समेत पुण्यराजकै नाउँमा दर्ता भएको देखिएकोले समेत इन्साफ शुरुको केही सदर गरी छिनेको अपील पहिलाको सदर गरेको प्रधान न्यायालय सिंगल बेञ्चको ०१३।२।२३ को राय मुनासिब छ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.93
मुद्दाको विषयअपुताली धनमाल
निर्णय वर्ष / मिति2017/05/24
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१७, नि.नं. 93
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्