नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 78 · वि.सं. २०१६

नि.नं. 78 — मौलिक हक हनन गरे, चलान रद्द गराई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. चुनाव हुने मिति अघि जुनसुकै पार्टीले जहिले सुकै पनि एकै किसिमको चुनाव चिन्ह माग गरे दिनु पर्छ भन्ने कानूनमा व्यवस्था नभएकोमा र, पहिले राजनैतिक पार्टी भन्न नसकी पछिमात्र राजनैतिक पार्टी सरहको माग गरेमा–टायमले नभ्याउने भए–माग गरेकोमा कानून प्रदत्त अधिकारको हनन भयो भन्न नमिल्ने । चुनाव चिन्ह लिने दिने विषयमा राजनैतिक सामाजिक समेत जुन सुकै संस्थाले पनि चुनाव हुने मिति अघि जुनसुकै बखत चुनाव चिन्हको माग गर्न आए पनि दिनु पर्छ भन्ने कानूनमा व्यवस्था भएको भए निवेदकले अघि राजनैतिक पार्टी नभनेको भए पनि र १५ साल मार्ग १७ गते राजनैतिक पार्टी सरहको माग गर्नु भएको भए पनि कानूनद्वारा प्रदत्त अधिकार हो भन्न मिल्ने थियो । कानूनमा त्यस्तो किटानी नभई जनप्रतिनिधित्व ऐन, २०१५ को दफा ७१ को (भ) दफामा निर्वाचन चिन्हबारे नियमबनाउने व्यवस्था र जनप्रतिनिधित्व ऐन, २०१५ को नियम २७ मा त्यस्तो चिन्ह प्रकाशित गर्नुपर्ने भन्ने भएकोबाट जुनसुकै पार्टीले जहिलेसुकै मागे पनि एकै किसिमको चुनाव चिन्ह दिनै पर्ने कर लगाएको नभई चुनाव कार्य शाही घोषणाद्वारा निश्चित मितिमा सु–सम्पन्न गराउन भ्याउने क्रम मिलाई निर्वाचन आयोगले निर्णय गरी १५ साल आश्विन २६ गते राजनैतिक पार्टीहरूको प्रतिनिधि सहितको बैठक बोलाई २० प्रतिशत क्षेत्रमा लड्ने राजनैतिक पार्टीहरूलाई मात्र एकै किसिमको र अरुलाई बेग्ला–बेग्लै किसिमको चिन्ह तोकि १५ साल मार्ग २ गतेको नेपाल गजेटमा सूचना प्रकाशित गरेको चुनाव आयोगको कार्यक्रम सम्बन्धिको कुरा हुँदा पहिले राजनैतिक पार्टी हुँ भन्न नसकेको र पछि टायमले नभ्याउने गरी मात्र राजनैतिक सरहको माग गरेकोमा कानून प्रदत्त अधिकार हनन् भयो भन्न नमिल्ने हुँदा हुकूम प्रमांगी बक्स भएकोमा पनि दोहर्‍याई जाहेर गरिसकेको छ भन्ने जवाफ आई एटर्नी जनरलले पनि सो कुरा बहसमा भन्नु भएको जाहेर गरेकै छैन भन्न निवेदकले नसकेकोबाट समेत परमादेशको रीटद्वारा आमचुनाव रद्द गरी फेरि चूनाव गराई पाउँ भन्ने निवेदकको उजुर पुग्न सक्दैन । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.78
मुद्दाको विषयमौलिक हक हनन गरे, चलान रद्द गराई पाउँ
निर्णय वर्ष / मिति2016/05/16
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 78
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्