नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 79 · वि.सं. २०१६
नि.नं. 79 — हरन भएको जिमिदारी नम्बरी समेत फिर्ता पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. ०८।१०।७ को गजेटमा प्रकाशित सूचना–राजकाजसम्बन्धी अभियोगमा रिस, राग तथा बदला लिने भावनाको सिकार बनेकाले ७० दिन भित्र उजुर गर्न आउनु भन्ने । राजकाजसम्बन्धी अभियोगमा रिस राग तथा बदला लिने भावनाको सिकार बनेका व्यक्तिको उजूर ७० दिन भित्र राज्य व्यवस्थामा गर्न आउनु होला भन्ने समेत ०८।१०।७ मा गजेट । (प्रकरण नं. ७) २. ०८।१२।२० मा प्रधानमन्त्रिलाई भएको आदेश ठाडै ऐन सवाल काटी खड्गनिशाना भई छिनिएको मुद्दा अन्याय भएको रहेछ भने अवधी नराखी पुनः इन्साफ गर्नु भन्ने । ठाडै ऐन सवाल काटी खड्गनिशाना भई छिनिएको मुद्दा समयावधी नराखी अन्याय भएको रहेछ भन्ने पुनः इन्साफ गर्न श्री माननीय प्रधानमन्त्रिज्यूलाई आदेश भएको ०८।१२।२० मा । (प्रकरण नं. ७) ३. ०९।१।२४।३ को मन्त्रिमण्डलको निर्णय ऐन हुकुम मर्जीबाट ऐन सवाल काटी भएको फैसला तोक खड्गनिशाना, ऐनसवालबमोजिम गरी दिनु भन्ने ०९।६।८।३ मा शाही परामर्शदाताबाट भएको तोक । ठाडै हुकुमबाट खड्गनिशाना भई झिकिएको भन्ने ०८।१२।२० मा ऐन हुकूम मर्जी समेतबाट ऐनसवाल काटी भएको फैसला तोक खड्गनिशाना ऐन सवालबमोजिम गरीदिनु भन्ने ०९।१।२४।३ मा समेत मन्त्रिमण्डलबाट निर्णय भएको भन्ने समेत सुब्बा विश्वराजको र परमहंस सिंको जिमिदारी मुद्दामा श्री शाही परामर्शदाता केशर शम्शेर जंगबहादुर राणाबाट ०९।६।८।३ मा तोक भएको यस प्रधान न्यायालयमा दायर भएको मिसिलबाट देखिएको । (प्रकरण नं. ७) ४. २००८ साल पौषमै बिन्तिपत्र परी कारवाही चलिरहेकोमा म्याद नाघेको भन्ने जिकिर मनासिव नहुने । साधुशरण सिंहको २००८ साल पौषमै सवारीमा बिन्तिपत्र परी ०८।१०।६ मा बयान भई कारवाई चलि सकेको देखिएको र सो मिसिल प्रधान न्यायालयमा पठाएको राज्य व्यवस्थाको चिठ्ठीमा मन्त्रिमण्डलका निर्णय अनुसार श्री माननीय शाही परामर्शदाता ज्यूका समक्ष छलफल समेत गराई भई आएका श्री ५ महाराजधिराज एवं श्री शाही परामर्शदाताज्यूका सभाको नं.सी.ए. २१।५२ निर्णय अनुसार सिफारिसको टिप्पणी गरी विभागीय श्री शाही परामर्शदाताज्यूका स्वीकृतिसाथ परामर्शदातृ सभामा गएको भन्ने समेत पनि लेखिएको हुनाले म्याद नाघी सकेको कारवाई चल्न नसक्ने भन्ने वारेस समेत भएका पं. मधुसुधनको बहसको जिकिर मनासिव नदेखिएको । (प्रकरण नं. ७) ५. रोक्का भएका अवस्थाको पोत रोक्का भएकै आयस्ताबाट असुल उपर गरी बढी रोक्का राख्नु पर्ने–सो बमोजिम नगरी–आफ्नु नाममा उजुर परेपछि जिमिदारले नै जबरजस्ती खाएको भनी मालको सरजमिन मुचुल्का गराएकोमा सो प्रमाण मान्न ऐनले नहुने–रोक्का बालीमा जवरजस्ती भए अदल मिचेमा तुरुन्त रिपोर्ट गरी कारवाई चलाउनु पर्ने । मौजे प्रयागपुरको जिमिदारी जिरायत समेत सरकार लाउनुपर्ने भन्ने समेत कुन्जीलालको उजुर परेबाट ८७ साल पौषमा जग्गा मिच्नेका ऐनबमोजिम जिमिदारी जोत जिरायत जम्मै माथवर मानिस जिम्मा लगाई धनी बोटी चैत्रसम्ममा पनि फुकुवा भई नआए गाउँमा चलेको दर भाउले बिक्री गरी नगद पारी सो नगदबाट मालपोत तिरी बाँकी रहेको जिम्मावाल जिम्मा राख्ने र रखाउने काम गर । सो जग्गाको बाली झगडीयाले हात हाले हाकिमले बुझाउनु पर्ला भन्ने समेत सप्तरी गोश्वाराबाट रामपुर बिर्ता माललाई पुर्जी भई गई जोत जिरायतको आयस्ता बाली जिमिदार मानबहादुरलाई जिम्मा दिएको निजको भर्पाईबाट र जिमिदार गोविन्द सिंहको जोत जिरायत जो भएको मौजे बडहराका जिमिदार मानबहादुर लामाले रोक्का गरी जो तयार भएको बाली समेत त्यस र भलाद्मी जिम्मा दिएका भन्नेसमेत पटवारी चिरन्जिवीदास समेतले ८७।११।१० मा रिपोर्ट परेको नम्बरी रैतान तहसिल गर्नलाई डिल्लीराम जिम्मा पत्याएको भनी दिएको समय प्रमाणका मिसिलबाट देखिएकोले रोक्का भएका अवस्थाको पोत रोक्का भएकै आयस्थाबाट असुल उपर गरी बढी रोक्का राख्नु पर्ने सो बमोजिम नगरेको र आफ्नु नाउँमा उजुर परे पछिमात्र जिमिदारले जवरजस्ती खाएको भन्ने रामपुर मालले सरजमिन मुचुल्का गराएको सो सरजमिन प्रमाण मान्न ऐनले नहुने जिमिदारले रोक्काबाली जवरजस्ती खाएको भए अदल मिचेमा तुरुन्त रोक्का लिनेको रिपोर्ट परी कारवाई चलाउनु पर्ने सो नचलेकोले । (प्रकरण नं. ७) ६. रोक्का जिम्मा अवस्थामा रहेको बाँकीबाट अमानत भएको जिमिदारी जग्गा र डिगर मौजाको रैकर जग्गा समेत ऐन सवालबमोजिम लिलाम बढाबढी गरी बाँकी भन्दा बढी थैलिमा कबूल भएमा–बढी थैलि जति साविक जिमिदारले पाउनु पर्ने । गुठी गाउँ साक्षी अड्डा अड्डाका रिपोर्टमा लेखिए माफिक रोक्का जिम्मा लिने लगाउनेहरूले हिनामिना गरेको बाँकी देखाई यो उजुरवालको बाजे देवनन्द सिंहको जग्गा जिमिदारी फुकुवा गरि नदिई अत्तो थापी बेहिसाब गरेको देखिएको सो रोक्का अवस्थाको बाँकी देखाई म्याद टाँसी म्यादमा नबुझाएको भनी अमानत राखी रुपैया बुझाउन पाउँ भनी पछि पटक–पटक उजुर गर्दा समेत नबुझी रोक्का जिम्मा अवस्थामा रहेको बाँकीबाट अमानत भएको जिमिदारी जग्गा र डिगर मौजा रैकर जग्गा समेत ऐन सवालबमोजिम लिलाम बढा बढी गरेको भए बाँकी भन्दा बढी थैलीमा कबुल गरे बढी थैलि जति साविक जिमिदारले पाउनेमा सो समेत जिमदारको हक मारी । (प्रकरण नं. ७) ७. ठाडै ऐन सवाल काटी ऐन विरुद्ध कारवाई भएकेमा–राज्य व्यवस्थाका टिप्पणीमा लेखिएको बुँदा प्रमाण समेत इन्साफ राज्य व्यवस्थाका श्री शाही परामर्शदाताले ठहराई परामर्शदातृ सभामा पठाएको सदर । जिमदारको हक मारी ऐन सवालबमोजिम लिलाम समेत नगरी ठाडै ऐन सवाल काटी पं.मधुसुधनलाई दिएको र निजले पनि सोही आधारमा खष्टिकाप्रसादलाई राजिनामा गरी दिए लिएको हुनाले त्यस्तो बेरीतसँग ऐन सवाल काटी जिमिदारी जोत जिरायत नम्बरी जग्गा समेत श्री ले.ज.शंकर शम्शेरका दस्तखतबमोजिम पं.मधुसुधनलाई दिएको ऐन विरुद्ध कारवाई गरी दिएको देखिनाले र अरु साधारण राज्य व्यवस्थाका टिप्पणीमा लेखिएको बुँदा प्रमाणबाट समेत इन्साफ राज्य व्यवस्थाका श्री शाही परामर्शदाताले ठहराई परामर्शदातृ सभामा पठाएको सदर छ । ९३।३।२३ का दस्तखतले ९३।८।१ मा पं.मधुसुधनले बाहाली पाएको जग्गा जिमिदारी डिगर मौजा नम्बरी रैकर समेत यो उजूरवाला साधुशरण सिंहले पाउने हुँदा निज पं.मधुसुधनका मञ्जुरी समेतबाट ९५।८।२४ का दस्तखत समेतले खष्टिकाप्रसादले पाएको जग्गा जिमिदारी गैर उजुरवाला साधुशरण सिंहका नाउँमा तोक दाखिल भएका मितिले ३५ दिनभित्र बिर्ता मालमा कं.रु.४०२५ दाखिल गरे दर्ता गरी दिनु दिन लगाउनु भनी मिसिलै सप्तरी गोश्वारामा पठाई दिनु । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 79 |
|---|---|
| मुद्दाको विषय | हरन भएको जिमिदारी नम्बरी समेत फिर्ता पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2010/10/20 |
| अदालत / इजलास | विशेष इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 79 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
