नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 89 · वि.सं. २०१७
नि.नं. 89 — थैली बुझाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बन्धकी दिएको दोहरी समेत कुनै सबुद नभएमा र दर्ता अरूको नाममा भएमा म्याद भित्र उजुर पनि नगरेमा बन्धकी थैली तिरेको बखत जग्गा हक हुने गरी पाउँ भन्ने दावी पुग्न नसक्ने। बन्धकी दिएको दोहरी समेत कुनै सबुद दाखिल गर्न नसकेको । दर्ता प्रतिवादीहरूका नाउँमा भएमा वादी नै सावित भएको । बदर गराउन ऐनका म्याद भित्र उजुर पनि नपरेको हुनाले समेत बन्धकी थैली तिरेका बखत जग्गा हक हुने गरी पाउँ भन्ने समेत वादीको दावी पुग्न नसक्ने ठहर्छ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 89 |
|---|---|
| मुद्दाको विषय | थैली बुझाई पाउँ |
| निर्णय वर्ष / मिति | 2017/01/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 89 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
