नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 96 · वि.सं. २०१७
नि.नं. 96 — बकसपत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बाजेको पालाको आर्जन हो भन्ने सबूद वादीले नै पेश गर्नु पर्ने । पेश गर्न नसकेमा दसौंद बाँकी राखी बकसपत्र गरी दिएकोमा सो सदर हुने । चलमा दसौंद बाँकी नराखी गरिदिएको बकसपत्रमा अचलमा दसौंद बदर भई वादीले पाउने र अरू बकसपत्र सदरै हुने । सो जग्गाहरू बाजे बराजुको आर्जनको हो भन्ने सबूद भए लिई आउनु भनी वादीलाई झिकाउनु भन्ने आदेश भई निज पुर्णनारायण झिकी बुझ्दा दर्ता नाउँ सारी हुँदा जितवीरका नाउँमा दर्ता भएको भनी निजको वा. इन्द्र नाराणले कागज गरी दिएको । बराजु भिमनरको बाबुको नाउँमा दर्ता भएको र सबूद दिन नसकेको जितविर भन्ने वादीकै साहिँलो बाबु भएको निज पुनाराणले लेखेकै पुस्तावारबाट देखिएकोले समेत इन्साफ प्र. न्यायालय डिभिजन बेञ्चबाट भएको १२।३।२७।२ को फैसला मुनासिब छ । (प्रकरण ४) बाजेका पालाको आर्जन भन्ने वादीले सबूद पेश गर्न नसकेकोले विधवा अंश धनको १ नं. २ दफाले अचलमा दसौंद बाँकी राखी अरू खुस गर्न पाउने हुँदा वा. लक्ष्मीले गरी दिएको २०००।१०।७ को बकसपत्रका अचलमा दसौंद बदर भई वादीले पाउने हुँदा अरू बकसपत्र सदरै हुन्छ भन्ने प्र. न्या. डिभिजन बेञ्चबाट १२।३।२७।२ मा फैसला भएको । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 96 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र बदर |
| निर्णय वर्ष / मिति | 2017/04/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 96 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
