नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 84 · वि.सं. २०१६

नि.नं. 84 — बन्धकी थैली बुझाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. मनासिव माफिकाको कारण बताई थैलि बुझी लिन मञ्जुर नगरेमा नालिस गर्नु भनी सनद सदर भएकोमा मनासिव माफिकको कारण केही नबताई पास नभएको चिट्ठीको भरबाट पास भएको बन्धकी लिखत थैली बुझ्न मञ्जुर नगरे मनासिव नदेखिने । झिकाई आएका निखन्ने विषयको सनद ०३।१२।८।६ को नभई मिसिल सामेल रहेको ०४।४।६ मा सदर भएको सनदको उतार देखिएको त्यसको ३ दफा उतारमा धरौटी रुपैया साहुले बुझ्न मञ्जुर नगरेमा अदालतमा नालिस गर्न जानु भनी सुनाई दिने गरी जाहेर भएकोमा मनासिव माफिकको कारण बताई थैली बुझी लिई मन्जूर नगरेमा नालिस गर्नु भनी सुनाई दिने व्यहोराका सनद सदर भएको देखिएकोमा मनासिव माफिकको कारण केही नबताई पास नभएको चिठ्ठीको भरबाट पास भएको बन्धकी लिखत बमोजिम थैली बुझ्न मञ्जुर नगरेको साहुको जिकिर मनासिव नदेखिएकोले समेत १५।११।२१ को सर्वोच्च अदालत पश्चिम दौडाहाका सिंगलबेञ्चबाट भएको इन्साफ मनासिव छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.84
मुद्दाको विषयबन्धकी थैली बुझाई पाउँ
निर्णय वर्ष / मिति2016/12/24
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 84
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्