नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 82 · वि.सं. २०१६

नि.नं. 82 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. अघि देखिनै रिस कुनै इवी अदवत नभएमा र मार्छु नै भनी चोट प्रहार नगरेको भए–रिसको उद्वेगबाट हान्दा मर्न गएमा–सर्वस्व गरी दामलको सजाय गर्न मनासिव नहुने अ.बं.२३५ नं. बमोजिम कैद १२ बर्षको सजाय हुने । बाबुसँग झगडा भई रिस उठेको बखत निजले पनि गाली गर्दा रिस उठी आधा झिंगटीको टुक्राले हान्दा लाग्न गएको भन्ने समेत निज हाकुचाकै साविती बयान भएकोले खत गरेको अवस्था विचार गर्दा, आफ्ना बाबुसँग खान लाउन र अंशको विषयमा व्यवहारिक झगडा भई आधा घर बेची दिन्छु भनी बाबुले भनेकोबाट त्यसो भए घरै भत्काई दिन्छु भनी छानाको झिंगटी फाल्ने गरि निज हाकुचाले मुख्याई कार्य शुरु गरिरहेको त्यस्तो हालत देखेपछि । यस्तो गर्नु हुँदैन भनी सम्झाउनु छिमेकीको कर्तव्य भई मर्ने नर सिंंले यस्तो गर्नु हुन्छ ? भनी निजै हाकुचाको हित हुने कुरा भनेकोमा पनि आफ्नो हित अहितको ख्यालै विचारै राख्न नसकी मर्ने नर सिंंहले किन भत्काउँछस् भनी गालि गरे भन्ने निज हाकुचाको बयान भएबाट घरको छाना भत्काउन लागेको बखत किन भत्काउछस् भनी आफ्नो हित हुने कुरा गरेकोलाई पनि बुझ्न नसकी त्यस अवस्थामा गाली गर्‍यो भन्ने सम्झिएको रहेछ भन्ने निजको बयानबाट देखिएकोबाट आफ्नो बाबुसँगको व्यवहारिक झगडा परी रिसको उद््वेगबाट छानाको झिंगटी फाल्न लागेको अवस्थामा मर्ने नर सिंंहले त्यसो भन्द झन रिसको बखतमा परी झिगटीले हिर्काउदा लाग्न गई त्यसैको चोटबाट नरसिंको मृत्यु हुन गएको र निज नर सिं प्रति अघि देखि को मार्ने किसिमको रिस इबी अदवत भए परेको भन्ने मिसिलबाट नदेखिएको र उसै अवस्थामा पनि निजै नर सिंंलाई मार्छु नै भन्ने इच्छा गरी चोट थप्दै गएको नभई छानाबाट हानेको झिंगटीले कुठाउँमा लाग्न गएको कुरा सिद्ध हुन आएकोले समेत दामलको सजाय गर्दा चर्को पर्लाकी भनी कम सजाय गर्न अतिरिक्त विशेष अदालतले अ.बं.२३५ नं. बमोजिम राय लेखी जाहेर गरेको मनासिव छ । निज हाकुचा ज्यापुलाई सर्वश्व गरि दामलको सजाय गर्नु पर्दैन पक्राउ भई थुनिएको मितिबाट अपील गरेमा समेत जम्मा कैद १२ बार बर्ष गर्नु । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.82
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2016/11/26
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 82
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्