नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 76 · वि.सं. २०१६

नि.नं. 76 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जालसाजी बकसपत्र लिए दिएको बदर गरी पाउँ भन्ने दावीको हक म्याद कायम गर्दा–दान दातव्यका ऐनको महल मुताविकको हदम्याद मुताविक म्याद कायम गर्नुपर्ने । जालसाजीमा उजुर गर्ने हदम्याद किर्ते कागजको २१ नं. मा नखुलेकोले अं.बं. ६० नं. बमोजिम जहिले पनि नालेस लाग्ने भनी सिंगलबेञ्चबाट राय भई पेश हुना आएकोमा वादीको शुरु उजुरी निवेदनमा जालसाजी बकसपत्र लिए दिएको बदर गरी पाउँ भन्ने दावी लेखएकोबाट दान दातव्य गरेको कुरामा उजुर गर्दा दान दातव्यका ऐनको महलमा लेखिएको हदम्याद भित्रै उजुर गर्नुपर्ने । (प्रकरण नं. ५) (२) बकसपत्रको कुरा वादीलाई पहिले नै थाहा थियो भन्ने सबूद प्रतेवादीले नै गुजार्नु पर्ने । मानाचामल भराउने डोर जाँदा मात्र बकसपत्रको कुरा थाहा पाएको भनी यो उजुर परेको त्यस अघि वादीले थाहा पाएको प्रमाण प्रतिवादीले केही दिन नसकेको । (प्रकरण नं. ५) (३) दान दातव्यको १५ नम्बर–हक पुगी भोग चलन गरेको २ बर्ष भित्र नालिस गर्नुपर्ने । (प्रकरण नं. ५) (४) वादीले एका सगोलमै रहेको भनी उजुर गरेकोमा छुट्टीएको भन्ने सबुद प्रतिवादीले नै गुजार्नु पर्ने । सो बकसपत्र पाउने राजमायाँ समेत सवै प्रतिवादी एका सगोलमा भनी वादीले उजुरी बयान दिएकोमा ऐनबमोजिम रीतपूर्वक बन्दा भई छुट्टिएको भन्न प्रमाण दिन प्रतिवादीले नसकेको। (प्रकरण नं. ५) (५) बकसपत्रको नाताले पाएको जेथा–एक लौटी भोग नगरी दाता सँगै सगोलमा भोग गरेको देखिएमा–र पाउनेले भोग चलन गरेको जानी थाहाँ पाई २ बर्ष नाघे पछि उजुर गरेको भन्ने मिसिलबाट नदेखिएमा–हद नाघेको भन्न नहुने । बकसपत्रका नाताबाट पाउनेले मात्र एकलौटी भोग गरेको नभई साबिक देखिन जुन किसिमबाट भोग थियो उसै गरी एकाघर सगोलमा बसी बक्स दिने दाता प्रतिवादीले पनि भोग गरी रहेकै भए पछि पाउनेले भोग चलन गरेको जानी थाहा पाई २ बर्ष नाघेपछि उजुर गरेको भन्ने मिसिलबाट नदेखिएको हुँदा हद नाघेको उजुर खारेज गर्ने भनी शुरु र अपीलले गल्ती इन्साफ गरेको ठहर्छ । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.76
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2015/05/11
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 76
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्