नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 83 · वि.सं. २०१६

नि.नं. 83 — वन काट्यो

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. सनद हुँदा आवादी भएका बाहेक अरु संरक्षण गर्नु भन्ने लेखिएकोमा–सो सनद अगावै आवादी भएकोलाई कायम गर्नुपर्ने र सनद पछि रुख काटी आदावद गरे गरायमा सजायको भागी हुने । ७० सालको वनपाला सनदको ४ किल्ला भित्रको यो झगडा परेको जग्गा देखिन आएको र ७० सालमा सनद हुँदा आवादी बाहेक अरुजङ्ग संरक्षण गर्नु भन्ने लेखिएको र भँगेरी भन्ने जग्गाको हकमा बनपाला सनद हुनु भन्दा अगाडिको आवादी दर्ता देखिएको सो बाहेक मुलपानी भनी प्रतिवादीले देखाएको जग्गा सनद हुनु भन्दा पछाडी ९४ सालको हालावादी देखिएको त्यस्तो सनदीय वनपालाको जग्गा सनद हुनुभन्दा पछि हाल अवाद हुन्न भन्न मनासिव नभएको र अरु रुखहरू बुझिएका सरजमिनका लेखाई समेतबाट प्रतिवादीले काटेकै देखिन ठहर्न आएकोले भड्डेरी भन्ने जग्गा प्रतिवादैकै आवादी देखिँदा निजलाई थाम्ने गरेको र सो बाहेक मुलपानी जग्गा समेत आवाद गरेको बझ्याउने र अरु रुख काटेमा समेत प्रतिवादीलाई सजाय गर्ने गरेको शुरु स्याङजा अदालत र सिंगलबेञ्चको राय मनासिव । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.83
मुद्दाको विषयवन काट्यो
निर्णय वर्ष / मिति2016/10/25
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 83
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्