नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 94 · वि.सं. २०१७
नि.नं. 94 — करकाप
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तमसुकका साक्षी श्रोताका रोहवरमा रूपैंयाँ दिनुपर्ने र कारणीको र लिखत साक्षी, फड्के साक्षी समेतको रोहवरमा सहीछाप हुनुपर्ने । त्यसो भए गरेको नभएमा झुक्याई कागजमा कारणीको सहीछाप गरेको ठहर्ने । तमसुकमा साक्षी लेखिएका व्यक्तिहरूले लिनु दिनु गरेको देखि सहीछाप गरेको भन्न नसकी लेखक साक्षीले रूपैंया लिए दिएको देखिंन भन्ने र अरू अन्तरसाक्षीले पनि विश्बासमा सहीछाप गरी दिएको हुँ भनी बयान गरेकोले समेत इन्साफ शुरु बाग्लुङ अदालतको मनासिब ठहराएको सर्वोच्च अदालत पश्चिम दौडाहा सिंगल बेञ्चको राय मनासिब । (प्रकरण ७) (र, बाग्लुङ अदालतको इन्साफ हेर्नोस प्रकरण ४ मा र सर्वोच्च अदालत पश्चिमाञ्चल दौडाहाको राय हेर्नोस प्रकरण नं. ६ मा)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 94 |
|---|---|
| मुद्दाको विषय | करकाप |
| निर्णय वर्ष / मिति | 2016/11/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१७, नि.नं. 94 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
