नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 60 · वि.सं. २०१६

नि.नं. 60 — थैली बुझाई जग्गा निखनाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. साहु आसामीका ३१ नं. भोगबन्धकी थैली घटाई लख सारेकोमा बन्धक दिने आसामीले तहसँग गई निखन्न पर्ने र पुरा थैली लिई लख सारेकोमा सोझै पछिल्ला साँहु कहाँ निखन्न गए पनि हुने । आफ्नो भोगबन्धकी थैली घटाई लखबन्धकी दिएकोमा बन्धक दिने आसामीले निखन्न जाँदा बन्धक खाने साहुँ मार्फतै निखन्न जानु पर्ने र पुरा थैली लिई लखबन्धक दिएकोमा सोझै लखबन्धकवाला साहु मार्फतै निखन्न गर पनि हुने भन्ने साहु आसामीको ३१ नं मा उल्लेख भएकोबाट बन्धकी दिने आसामीले निखन्नेमा पनि लखबन्धकवाला मार्फत जाने व्यवस्था भएकै। (प्रकरण नं. ८) २. साहु आसामीका ११ नं. बन्धकी परेको जग्गा सन्धीसर्पन गर्ने हकवालाले म्याद भित्र निखन्न पाउने म्याद नाघेमा आसामीको मञ्जुरी बेगर र अपुताली नपरी हकवालले निखन्न नपाउने । आसामीले भोगबन्धक दिएकोमा सन्धीसर्पन पर्ने हकवालले म्याद भित्र निखन्ने बाहेक भोगबन्धकी दिएकोमा आसामीको मञ्जुरी नभई र अपुताली नपरी हकवालाले निखन्न साहु आसामीको ११ नं. ले नपाउने भई भोगबन्धकी लिएको वस्तु आसामीले निखनी नलिंदासम्म बन्धकीवाला साहुको हक हुने । (प्रकरण नं ८) ३. साहु आसामीको १२ नं. लखबन्धकीको थैली तिरेमा भोगबन्धकी दिने साहुले निखनी लिन पाउने । आफ्नो बन्धकी हक अरुलाई निखनी लखबन्धकी दिएकोमा लखबन्धकी भनेको लख भोगबन्धकी हुनाले लखबन्धकी थैली तिरी निखनी लिन भोगबन्धकी दिने साहुले साहु आसामीको १२ नं. ले पाउने हुँदा सिंगलबेञ्चको राय मनासिव छ शुरु कुन्छा अदालत र अपील दोश्रा फाँटले गल्ली इन्साफ गरेको ठहर्छ । रेस्पोडेन्ट तर्फका प्लीडर : मायानाथ उपाध्याय

फैसलाको आधिकारिक विवरण

निर्णय नं.60
मुद्दाको विषयथैली बुझाई जग्गा निखनाई पाउँ
निर्णय वर्ष / मिति2015/09/17
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 60
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्