नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 51 · वि.सं. २०१६

नि.नं. 51 — दर्ता बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. आवाद जग्गाको दर्ता सदर भएमा नापी गरी चारकिल्ला छुट्ट्याई दर्ता कायम गरी दिनुपर्ने । आवादी जग्गाको दर्ता कायम गर्ने विषयमा दुवै न्यायाधीशजीहरूको राय मिलेकै हुनाले तीन खण्डको १ खण्ड जग्गा छुट्याउन लाई नै नापी गर्नुपर्ने । सो बमोजिम नभएमा ३ खण्डको १ खण्ड यति हो भनी नछुट्टिने भएबाट सामान्य रुपबाट नै नापी गर्नुपर्ने देखिँदा सर्वोच्च अदालत डिभिजन बेञ्चका ०१३।११।२८।२ का तोक आदेशबमोजिम भईरहेको दर्ता कायम गर्न गोश्वाराको दर्जा पुगेको कर्मचारी साक्षी लिई मालको दर्जा पुगेको कर्मचारी खटाई पठाई नापी गरी माटोमुरी अंक र ४ किल्ला समेत खुलाई आइन्दा अरु सन्धी सर्पनको जग्गा चाप्न नपाउने गरी दर्ता गरी दिनु ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.51
मुद्दाको विषयदर्ता बदर
निर्णय वर्ष / मिति2013/12/20
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 51
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्