नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 67 · वि.सं. २०१६
नि.नं. 67 — राजिनामा लिखत बदर गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रुपैयाँ लिन दिनु नभई–शर्तनामा लेखी–जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी–पछि शर्तनामा बमोजिम काम नगरी धोका दिएमा झुक्याई राजिनामा गराएको भन्न पर्ने– नालिस परेमा त्यस्ता राजिनामा सदर मान्न नहुने । बदर हुने । घरसारमा निजहरूको भएको शर्तबाट रुपैया लिनु दिनु नभएको । घरको काम गर्ने कबुलमात्र गरी लिखत शर्त भएकोमा राजिनामा गराई जग्गा आफ्ना नाउँमा दाखिल दर्ता गरी जग्गा हात पारी सकेपछि प्रतिवादीले काम छाडी धोका दिएको देखिएको । यस व्यवहारबाट रुपैयाँ लिई दिईकन राजिनामा गराएको नदेखिनाले वादीलाई झुक्याई आफ्नो मतबल साधन गर्नलाई प्रतिवादीले बादीका राजिनामा गराएको देखिनाले राजिनामा सदर मान्न नहुने । शर्तनामाको उक्ति र वादी प्रतिवादीका बीचको व्यवहार, सवैको पूर्ण विचार गरी सो राजिनामा सुपथ मोल लिई दिइकन गरेको ठहरिंदैन । प्रतिवादीले वादीको दाम काम इत्यादी गर्ला भन्ने आशले मोल लिनु दिनु नगरी राजिनामा गरेको ठहर्नाले राजिनामा बदर गर्ने डिभिजन बेञ्चको फैसला मनासिव देखिन्छ । (प्रकरण नं. ३) (२) पास गर्नु पर्ने शर्तनामा पास नगराएको भएमा समेत–सबूदका लागि सोमा भएको व्यहोरा प्रमाणा लिन ऐनले बाधा नदेखिने । शर्तनामाको कागज रजिष्टरी पास गर्नुपर्ने भए पनि वादी प्रतिवादी बीचको व्यवहार बुझ्नलाई त्यस शर्तनामामा भएको व्यहोराको प्रमाण लिन ऐनले केही बाधा देखिंदैन र यो मुद्दाको रुपरेखा विचार गर्नको लागि शर्तनामाका कतिपय उक्तिहरू प्रमाणको लागि लिएको छ । शर्तनामा बमोजिम काम नगरे राजिनामा गरेको जग्गा वापस लिन्छु भन्ने बोली परेको हुनाले सो शर्तनामाको कागज राजिष्ट्रेशनको ऐनले राजिष्टरी गर्नु पर्ने अघि फुल बेञ्चबाट हरिप्रसाद सैंजु समेतको र इन्दनारायण सैंजुको घर राजिनामा फिर्ता गराई पाउँ भन्ने मुद्दामा फैसाल समेत भएकोले यो शर्तनामाको कागज रजिष्ट्रेशन पास गर्नुपर्ने भए तापनि त्यसमा भएको अरु बोलिहरू मुद्दाको रुपरेखा बुझ्नको लागि प्रमाणमा लिन केही कानूनी बाधा नदेखिनाले । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 67 |
|---|---|
| मुद्दाको विषय | राजिनामा लिखत बदर गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2012/04/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 67 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
