नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 57 · वि.सं. २०१६
नि.नं. 57 — जग्गा बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रजिष्ट्रेशनका ३ नं. र ७ नं–पास गर्नुपर्ने लिखत ऐनका म्यादभित्र पास नगराए सो लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुन जाने । सो ०६ सालमा भएको लिखत रु.५९९ को भोगबन्धकी देखिएको रजिष्ट्रेशनका ३ नं. ले पास गर्नुपर्ने पास नभएको लिखत रजिष्ट्रेशनका ७ नं. ले कपाली हुने भएबाट सो कागजका नाताले वादीको जग्गामा अब प्रतिवादीले भोग चलन गरी खान नपाउने । (प्रकरण नं. ११) (२) हुन्डा बटैयामा कमाउन दिएको खेतको बाली नतिरेकोले भराई पाउँ भनी उजुर गरेमा–हुन्डा बटैयामा खेत कमाउन दिएको सबुद वादीले नै गुजार्न पर्ने । हुन्डा बटैयामा कमाउन दिएको प्रतिवादीको लिखत वादीले पेश दाखिल गर्न सक्नु पर्ने सो नसकेबाट बाली भराई साँवामा कट्टा मट्टा गराई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने ठहराएको कटरबन अपीलको इन्साफ मनासिव छ । (प्रकरण नं. ११) (३) हाकिमका नाउँमा कराउनेका १० नं. अपीलाट अपील गरी हारेको दशौंद दण्ड हुने । इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेवापत रामजित राउत अहीरके निजलाई कटरबन अपीलबाट गरेको दण्ड कं.रु ४।।३।। को पहिला अपील हुँदा हाकिमका नाउँमा कराउनेका १० नं. बमोजिम सयकडा १० ले कं.रु. आठआना दण्ड हुन्छ । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 57 |
|---|---|
| मुद्दाको विषय | जग्गा बाली |
| निर्णय वर्ष / मिति | 2013/11/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 57 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
