नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 52 · वि.सं. २०१६
नि.नं. 52 — जग्गा जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीले कसैलाई बिदेशी भनेमा–बिदेशी हो भन्ने सबुद वादीले नै गुजार्नु पर्ने । बहस सुनी बुझ्दा बिदेशी भन्ने सबुद प्रमाण वादीले गुजार्न नसकेकोले वादीको उजुर झुठ्ठा ठहराएको इन्साफ बुटवल अमिनीको मनासिव छ । (प्रकरण नं. ५) (२) हा.क.नं. १०–इन्साफ पारी छिन्ने हाकिम उपर अपील हुँदा–सोही इन्साफ सदर भएमा अपील दिनेलाई दण्ड हुने । इन्साफ पारी छिन्ने हाकिम ऊपर अपील गरेमा जी.बुटवल तप्पे धनौरा मौजे लौसा बस्ने नारायणदत्त पाण्डे के शुरु दण्ड भा.रु.१०००।–को हा.क.नं. १० को ऐनले पहिला अपील हुँदा सयकडा १० ले भा.रु.१००।– दण्ड हुन्छ । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 52 |
|---|---|
| मुद्दाको विषय | जग्गा जालसाजी |
| निर्णय वर्ष / मिति | 2016/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 52 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
