नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 72 · वि.सं. २०१६

नि.नं. 72 — बकसपत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. विधवा अंशधनको १ नम्बरको १ दफा र ३ दफाको व्याख्या–ऐनको व्याख्या गर्दा शब्दबमोजिमको अर्थ गर्नुपर्ने । २ दफाको रुल मिलाई दशौंद बाँकी राखी बकसपत्र दिएकोमा सो सदर हुने । ऐनको व्याख्या गर्ने विषयको ऐनमा जुन शब्द प्रयोग भएको छ, सोही शब्दबमोजिम अर्थ गर्नु भन्ने लेखिएको र विधवा अंशधनको १ नम्बरको १ दफामा जेठाजु देवर शब्द प्रयोग भएकोमा जेठानी देवरानी भन्ने अर्थ गर्न नमिल्ने । यस मुद्दामा १ दफा लागू हुन नसक्ने र सोही ऐनको ३ दफामा पनि बाजे भन्ने शव्द लेखिएकोमा पनि ससुराको आर्जन भन्ने अर्थ गर्न नहुने । छट्टुको बाबुको आर्जन नदेखिएकोले ३ दफा पनि लागू हुन नसक्ने र प्रमाणको मिसिलबाट अघि देखि इबि अदावत परेको देखिएकोले हेरचाह गरेको भन्ने समेत देखिन नआई ४० बर्ष नाघिसकेकी प्रतिवादी फेकनीले दशौद बाँकी राखी छोरोको छोरा नाति राम विश्वासलाई सोही ऐनको २ दफाको रुल मिलाई बकसपत्र गरिदिएको देखिएकोले सोही २ दफाको ऐन यस मुद्दामा लागू हुने देखिएकोले सुरुको सदर गरी अपीलले छिनेको मनासिव छ । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.72
मुद्दाको विषयबकसपत्र बदर
निर्णय वर्ष / मिति2011/01/10
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 72
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्