नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 69 · वि.सं. २०१६
नि.नं. 69 — गर्भ तुहाउने उद्योग गर्यो. भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
१. गर्भपतन गराउने उद्योग गर्नेलाई दण्डसजाय–ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा सो उद्योग गर्नेलाई दण्डसजाय नखुलेको भए तापनि सो महलको ६१ नं. को कसुरसँग मिल्ने हुँदा २ बर्ष कैद हुने–पोली सावित गर्न नसक्नेलाई ऐ. को ६८ नं. ले १ बर्ष कैद हुने । सजायका हकमा ज्यानसम्बन्धीको गर्भपतन गराउने महलमा गर्भपतन गराउने उद्योग गर्नेलाई यो सजाय गर्ने भन्या खुल्दैन तापनि ६१ नं. को अन्तिम हरफमा सो काम गर्दा गराउदा पनि तुहेन भने आधा सजाय गर्नु भन्ने लेखिएकोले यस्ता कलममा सोही ६१ नं. को अन्तिम हरफ मिल्न जाने हुँदा गर्भपतन गराई सक्यो भन्या उजुर नभएबाट सो ६१ न्ां. को अन्तिम हरफबमोजिम प्रतिवादीलाई कैद २ बर्ष हुनेमा पोलि सावित गर्न नसकेकाले ऐ.६८ नं. ले आधा कैद बर्ष १ वादीलाई हुन्छ । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 69 |
|---|---|
| मुद्दाको विषय | गर्भ तुहाउने उद्योग गर्यो. भन्ने |
| निर्णय वर्ष / मिति | 2016/06/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 69 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
