नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 50 · वि.सं. २०१६

नि.नं. 50 — लेनदेन किर्र्ते जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ०७ सालमा खड्गनिसान भई छिनीएका मुद्दाको सम्बन्धमा ०१०।४।५।३ मा श्री ५ बाट सदर गरी बक्सेको निर्णय ०७।०१२ सम्म छिनिएका मुद्दा दोहोराई हेर्ने ०१४।१।१० मा गजेटमा प्रकाशित भएको शाही आदेश–०७ साल भन्दा अघि छिनेको मुद्दा दोहराई हेर्न नमिल्ने ठहरी सर्वोच्च अदालत फुल बेञ्चबाट भएको फैसला (लोकनाथ कालू टमोटा)–०७ सालमा खड्गनिशाना भई छिनिएको मुद्दा दोहराई हेर्न मिल्ने । ०७ सालमा खड्गनिशाना भई छिनीएका मुद्दा भू.पु.प्रधान न्यायाधीशज्यूले इन्साफ जाँच गर्न आदेश दिई कुनै मुद्दा हेरी छिनी सकेको र कुनै दायरै रहेको अवस्था के अख्तियारीको आधारमा हेरिएको भन्ने विषय सोधनी भई त्यस सम्बन्धमा भए गरेको कारवाई समेतको विवरण खुलाई गृह बिभागबाट रहेको प्रस्ताव पेश हुँदा २००९ चैत्र २६ गते परामशदातृ मण्डलबाट पास भई ०१०।४।५।३ मा श्री ५ महाराजाधिराजबाट सदर गरी बक्सेको भनी एटर्नी जनरलले प्रधान न्यायालयलाई लेखेको मिति ०१०।८।१२ को नं. ३२५।४०२ को पत्रबाट ०७ सालमा खड्गनिशाना भईसकेकोमा दोहराई हेरीए जतिलाई हेर्न मिल्दैन । खारेज गर्नु भन्ने निकासा नभई सा.हिरण्य विक्रमको अंश मुद्दा र महेन्द्र चौधरीको कुलो पानी मुद्दाको हकमा भू.पु.प्रधान न्यायाधीशज्यूको फैसला बदर भई अघि छिनिएकै कायम भएको र खड्गनिशाना उल्टि वा केही उल्टि भई छिनीएको जती फुल बेञ्चमा र फैसला नभई कारवाई चली रहेको जति डिभिजन बेञ्चमा राखी ऐन सवाल बमोजिम गरी किनारा लाईदिनु भन्ने दिनु भन्ने उक्त निर्णय भईसकेको । सोही निर्णय अनुसार दामु कार्की, दामु जैसी समेतको जग्गा मुद्दा २०१४ साल श्रावण ३१ गतेमा डिभिजन बेञ्चबाट र ०७ सालसम्ममा छिनीएका मुद्दा मात्र हेरी आएकाले ०७ साल भन्दा अघि छिनेको मुद्दा दोहर्‍याई हेर्न नमिल्ने ठहरी लोकनाथको र कालो टमोटको जग्गा मुद्दा ०१४ साल माघ २ गते ४ मा सर्वोच्च अदालत फुल बेञ्चबाट फैसला भएको ०७ साल बैसाख १ गते देखि ०१२ साल चैत्र मसान्तसम्म छिनिएका मुद्दा दोहराई हेर्ने विषय ०१४।१।१० मा शाही आदेश गजेटमा प्रकाश भएको हुनाले समेत ०७ सालमा खड्गनिशाना भई छिनीएको मुद्दा दोहराई हेर्न भू.पु.प्रधान न्यायाधीशज्यूले दिनु भएको आदेबाट दायर भएको यो मुद्दा उसै बखत प्रधान न्यायालयले दोहराई हेरी छिनिए उपर रिभ्यू निमित्त पेश हुँदा रूलिङ्ग बाझिएको भनी पेश हुन आएको देखिएको । उपरोक्त श्री ५ महाराजाधिराजबाट सदर गरीबक्सेको निर्णय शाही आदेश र प्रधान न्यायालय फुल बेञ्च तथा सर्वोच्च अदालत फुल बेञ्चको निर्णय समेतबाट हेर्न मिल्ने देखिन्छ । (प्रकरण नं. १५) (२) कर्जाको लिखतको आकृति सामान्य दृश्य चलन चल्ती रूल कायदा माफिकको देखिन नआएमा–हुनु पर्ने तरिकाबाट र ठाउँमा सहीछाप नभई अस्वाभाविक तवरले लिखत भएको देखिएमा–त्यस्तो लिखतको कागजलाई मान्यता दिन नमिल्ने । सक्कल लिखत हेर्दा लिखतको आकृति सामान्य दृश्य नै त्यतिका रूपैयाँ कर्जा दिंदा गरिने चलनचल्ती रूल कायदा माफिकको देखिन नआई कारणीले सहीछाप गर्नुपर्ने ठाउँ कागजको व्यहोराको सिर हरफको छेउ उठानमा छाडिने किनाराको कागज तोडमा व्यहोरातर्फको पहिलो अक्षरले टेकी त्यसैको सिलसिलामा अरू अक्षर लेखि सो तोड्कै किनारा सिधासाधा हरफ उठान हुँदै जानु स्वाभाविकै कुरा थियो । उक्त लिखतमा त्यसो नभई व्यहोरा लिखतलाई तोडिएको तोड भन्दा भित्रपट्टी कारणीको सहछिाप परेको सो सहीछापबाट हटाई पहिला हरफको व्यहोराको अक्षर उठान भई क्रमैसँग सहीछापका अक्ष्रहरूलाई छाडी घुमाउदै लगी त्यस पछिका हरफहरूमा तोडतर्फ बढाउँदै ल्याई खडा गरेको व्यहोरा र दुई जना अन्तरसाक्षीको सहीछापको हरफको उठान सिलसिला भित्रसम्म हटेको र लेखक साक्षीको नाम लेखि सहीछाप परेको हरफ चाहिं अरू साक्षीको नाम सहीछापको लाईन भन्दा धेरै नै बाहिर निस्की कारणीको सहीछापको लाईनसम्म अस्वाभाविक तवरले आएको पूरा बन्दको तोडाई पुगेको कागज पनि नभएको समेतबाट सानो टुक्रा कागजमा परेको प्रतिवादीको सहीछापको लिफा हात लगाई त्यसैबाट खडा गरेको रहेछ भन्ने प्रष्ट हुन आउने र त्यस्तो लिखत रूपैंया लिनु दिनु गरेका साँचो व्यवहारको हो भनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. १५) (३) किर्ते कागजको १ नं.–एउटा कामलाई भनी दिएको लिफामा अर्को लिखत खडा गर्नु–किर्ते ठहर्ने । किर्ते कागजको १ नम्बरले पनि एउटा कामलाई भनी दिएको लिफा सो काममा नलगनाई अरू व्यहोराको लिखत खडा गर्नु जोहो किर्ते ठहर्ने । (प्रकरण नं. १५) (४) किर्ते कागजको ३ नं. नभए नगरेको काम कुरामा खडा गरेको कागज जालसाजी ठहर्ने । ऐजन (किर्ते कागजको) ३ नं. ले नभए नगरेको काम कुरामा खडा गरेको कागज जालसाजी हुने । (प्रकरण नं. १५) यसमा उल्लेख भएका फैसलाहरू : (नोरचन्द्र वि.नरोत्तम, सर्वोच्च अदालत फुल बेञ्च, सा.हिरण्य विक्रमको अंश मुद्दा, महेन्द्र चौधरीको कुलो पानी मुद्दा, दामु कार्की वि.दामु जैसी समेतको जग्गा मुद्दा, लोकनाथ वि.कालो टमोट, सर्वोच्च अदालत फुल बेञ्च) निवेदक तार्फबाट : सिनियर एडभोकेट श्री देवनाथप्रसाद वर्मा विपक्षी तार्फबाट : सिनियर एडभोकेट श्री राधाकृष्ण विहारी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.50
मुद्दाको विषयलेनदेन किर्र्ते जालसाजी
निर्णय वर्ष / मिति2014/10/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तिलक शम्शेरज्यूले छुट्टै राय गर्नु भएपनि सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री तिलक शम्शेर थापाज्यूको राय :
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 50
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्