नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 39 · वि.सं. २०१६
नि.नं. 39 — लिखत जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नालिस दिन जाने मानिस– सक्कल तमसुक बाहिर छाडी अड्डा भित्र गएको भन्न नहुने । सक्कल तमसुक आफ्नु साथमै लिई नालिस दर्ता गर्न जानु पर्ने सो नालिस दर्ता भएको भए सो नालिस दर्ता हुँदाका साथ सो तमसुकको नक्कल पेश गर्नुपर्ने । सो पेश गर्नालाई सक्कलसँग रूजु बाजू भई सक्कलको पीठमा अड्डाको छाप लगाई फिर्ता गरी नक्कल पेश हुने हुँदा त्यस्तो कागज आफ्नु साथमा नलगी बाहिर छाडी नालिस मात्र लिई वादी अड्डा भित्र गएको रहेछन भन्न सो वादीकै लेखबाट नहुने । (प्रकरण नं. ४) (२) पक्का सबुद प्रमाण नगुजारेसम्म–कसैलाई तमसुक दिएकै हो भन्न नहुने । जय बल्लभलाई तमसुक दिएकै हो भन्ने पक्का सबुद प्रमाण वादीले केही गुजार्ने नसकेको समेतबाट अर्को लिखत गराई पाउँ भन्ने वादीको उजुर पुग्न सक्दैन । (प्रकरण नं. ४) (३) रजिष्ट्रेशन ऐन– लिखतको ६ महिना भित्र रजिष्ट्रेशन पास गराउने सुविधा । वीरकेशरको लिखत रजष्ट्रेशन पास भएको, सीतारामको घरायसीमा राजिनामा भई लिखत पासको नालिस परेकोमा घरसारमा लिखत भएको भए पनि ६ महिना भित्र रजिष्ट्रेशन पास गराउने र त्यसका म्यादमा रजष्ट्रेशन पास नगरी दिएमा ३५ दिन भित्र नालिस दिएर पनि पास गराउन पाउने । रजिष्ट्रेशनको ऐन भएको उक्त ऐनले पाइरहेको सुविधालाई पाउन सक्दैन भन्ने ऐन विरूद्धको कुरा हुन आउने हुँदा निज सीतारामको लिखत र वीरकेशरको लिखत जालसाजी भन्ने पनि वादीको दावी पुग्न सक्दैन । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 39 |
|---|---|
| मुद्दाको विषय | लिखत जालसाजी |
| निर्णय वर्ष / मिति | 2014/03/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१६, नि.नं. 39 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
