सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४३९ / ४४०

नि.नं. 26वि.सं. २०१६पूर्ण इजलास

जग्गा खिचोला

(१) अदालती बन्दोवस्तको १०६ नं.–हक दावी पुग्नेको नालिस लाग्ने र त्यसलाई खारेज गर्न नमिल्ने । अ.बं.१०६ ले वादीको दावी पुग्न नसक्ने भन्ने प्रतिवादीहरूको वकिलको जिकिर भएकोमा भई आएको नक्सा हेर्दा अहिले झगडा दक्षिण पट्टी पर्न आएको र वादी नथुमलका बाबुहरूको बण्डापत्रम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 25वि.सं. २०१६पूर्ण इजलास

बकसपत्र बदर गरी अंश आयस्ता दिलाई पाउँ

(१) राणा शासनका प्राइमिनिष्टरहरूले गरी दिएको खड्गनिशानामा प्राइमिनिष्टरले साक्षीसम्म भईदिनु भएको भन्न नमिल्ने । उसबखतका प्राइमिनिष्टर घरसारका व्यवहारको लिखतका साक्षी बस्ने हैसियतमा हुनुहुन्नथ्यो । श्री ३ महाराज प्राइमिनिष्टरको हैसियतमा हुनुहुन्थ्यो । श्री ५ मह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 24वि.सं. २०१६पूर्ण इजलास

हद फुकाई पाउँ

(१) प्रधान न्यायालय ऐनको ३९ दफा–प्र.न्या. ऐन सित बाझिने जति सवै ऐन सनद सवाल खारेज हुने । प्रधान न्यायालय ऐनलाई पनि विधान सरह नै मान्नु पर्ने । वैधानिक व्यवस्था प्रतिकूल बनेको ऐनलाई अवैधानिक ठहराउनु पर्ने । प्रधान न्यायालय ऐनको ३९ दफाको यो ऐन सित बाझिने जति यस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 23वि.सं. २०१६पूर्ण इजलास

हद फुकाई पाउँ

(१) नेपाल अन्तरिम शासन विधानका दफा २१ (क), २६ र २५ (२) र २५ (३) को आधारमा बनेको १९५१ को नियमावलीमा २००७ साल चैत्रमा मन्त्रिमण्डललाई भएको लालमोहर र २०१० साल आषाढ ४ गतेमा श्री प्रधानमन्त्रिलाई बक्सेको लालमोहरमा राज्यको कार्यकारिणी अधिकार प्रधानमन्त्रिमात्रलाई नभ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 22वि.सं. २०१६पूर्ण इजलास

जग्गा

(१) जग्गाको राजिनामा गराई लिई दर्ता तिरो गरी आएको लिखत दर्ता श्रेस्ता रसिदबाट देखिन आएमा–सो जग्गामा खिचोला गर्नेको जिकिर श्रेस्ता प्रमाणबाटै बिल्कुल मिथ्या सावित भईरहेकोमा–जग्गावालाको हक टुटाएको कुनै लिखत सबुद नभएमा–खिचोला गर्नेको जिकिर पुग्न नसक्ने । झगडा परे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 21वि.सं. २०१६पूर्ण इजलास

बहाल बुझाई पाउँ

(१) अदालती बन्दोवस्तको ९८ र ९९ नं.–बुझाउनु पर्ने सवै बहाल नबुझाएमा–साँवा छाडी लेनाको व्याजमा समेत दावी गरी वादी परेको देखिएमा–ऐनबमोजिमको दावी नगरी अधुरो नालिस गरेको ठहर्ने । अदालती बन्दोवस्तको ९९ नं. ले त्यस्तो नालिस किनारा गर्न नमिल्ने । अ.बं.९८ नं. मा दुइटै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 20वि.सं. २०१६पूर्ण इजलास

बन्धकी निखनाई पाउँ

(१) बहाल बिटौरी रकम बुझाएको निस्सा भर्पाई केही दाखिल पेश गर्न नसकेमा–बुझ्ने भनेको मानिसले बहाल बिटौरी बुझेको छैन भन्ने जिकिर लिएमा–बेगर प्रमाण बुझाएको नठहर्ने । सो पसलको समेत बहाल बिटौरी रकम बुझाउनु पर्ने रूपैयाँ वादीहरू मार्फत बुझाउने गरी आएको भनेकोमा वादीवाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 19वि.सं. २०१६पूर्ण इजलास

जग्गा हटक समेत

(१) ०१४ साल बैशाखको परिबन्द खुलाई यो परिबन्दको मुद्दा जति दोहर्‍याई दिनु भन्ने शाही आदेश–पहिले भएका मुद्दा दोहर्‍याई दिने शाही आदेशलाई पनि यही शाही आदेशबमोजिम गर्नु भन्ने नभएमा–पहिलेको शाही आदेशबमोजिम मुद्दा चली रहेको भए–पछिको शाही आदेशबमोजिम नभए पनि–खारेज गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 18वि.सं. २०१६संयुक्त इजलास

चोर पाल्यो भन्ने डाका

(१) न्याय दिने अधिकारीले अभियुक्तको खिलाफ कागजात बाहेक अरू जरियाबाट केही कुरा सुने बुझेमा–त्यसको प्रमाणिकता । जलेश्वर देखि आधा कोश नजिक पर्ने बेला महादेवपट्टी समेत गाउँका बदचलनका वारदात गरी हिंडने भन्ने समेत बुझिएको भन्ने शुरू अमिनीले फैसलामा लेखेको उपरोक्त वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 17वि.सं. २०१६पूर्ण इजलास

गैरकानूनी सस्पेन्ड समेत

(१) ऐन सवालको रीत पुर्‍याई सस्पेन्ड गरेको भन्नेतर्फ केही नभनेमा–अरू ऐनबमोजिम काम नगर्नु भएकोसम्म लेखी आएमा–कानून काटी काम भएको देखिने । पहिले सस्पेन्ड गर्दा ऐन सवालको ख्याल विचार राखी यो ऐन सवालको रीत पुर्‍याई सस्पेन्ड गरेको भन्नेतर्फ केही नभनी कागजपत्र बुझाउन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 16वि.सं. २०१६पूर्ण इजलास

अंश

(१) २००७ सालभन्दा अघिको १।२ छापे खड्गनिशाना–ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने। २००७ सालभन्दा अघि १।२ छोप खड्गनिशाना भएको कुरा ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने । (प्रकरण नं. ९) (२) अंशबण्डाको ६१ नं.–बण्डा हुन बाँकी रहेकोमा–भिन्न हुनेको दुई जीउ जीउसम्म मात्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 15वि.सं. २०१६संयुक्त इजलास

डाका

(१) अभियोगीले सुराक पत्ता दिने भनी कसैलाई पोलेकोमा–परिस्थिति सबुद प्रमाणबाट सुराक पत्ता दिएको वा वारदातमा साथ दिएको नदेखिएमा–पोलिएकोलाई कसुरदार ठहर्‍याउन नहुने । विशेष अदालतले कसूरदार ठहर्‍याउँदा सुराक पत्ता बुझी वारदात गराएको भन्ने कुरालाई गोकुलबहादुरले पाडो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 14वि.सं. २०१६संयुक्त इजलास

कुटपीट

(१) रिभ्यूको निवेदन परी खारेज नभई दायर रहेकोमा–त्यस टाइमको मुद्दा शाही आदेशबमोजिम दोहराउनु पर्ने भएमा–डिभिजन बेञ्चले शाही आदेशबमोजिम निवेदनलाई कायम राखी दोहराई हेर्नुपर्ने ठहराएमा–शाही आदेश भित्र नपर्ने भनी खारेज गर्न नमिली दोहर्‍याई हेर्नु पर्ने । सिंगलबेञ्चब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 13वि.सं. २०१६संयुक्त इजलास

थैली बुझाई पाउँ

(१) पेश गरिएका तमसुकहरूमा–कुनै पास भएको र कुनै पास नभएको भएमा–पास गराउनु नपर्ने भए पनि–हदम्याद गुज्रेको देखिएमा–लख सारेको भए पनी–पास भएको थैली मात्र बुझाउनु पर्ने । धनी धनबहादुर ऋणी बलबहादुर भएको मोरू १३०। को ९७।९।१६ को रजिष्ट्रेशन पास भएको लिखत बाहेक अरू मिति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 12वि.सं. २०१६पूर्ण इजलास

जग्गा हटक जालसाज

(१) आखिरी तह आईसकेको मुद्दामा–कानूनले समेत बाधा अड्काउ नहुने भए आखिरी तहबाटै इन्साफ तहकिकात गरी दिने । यस्तो १ तह इन्साफ गरिसकेको मुद्दामा अरू तहबाट खारेज गर्ने गरेको भए पनि आखिरी तह आईसकेको फेरी फिर्ता पठाउने गर्दा मुद्दावाला रैती दुनियाँलाई असुविधा दुख हुन ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11वि.सं. २०१५संयुक्त इजलास

जग्गा हटक

(१) पञ्चायती अदालत ऐनको दफा ४६–हद माथिको मुद्दा अदालतमा बुझाउन पर्ने–ऐन बमोजिम बुझाएको मुद्दा अदालतले हेरी छिन्न पाउने । पञ्चायती अदालत ऐनको ४६ ख.दफामा हद माथीको मुद्दा भएबाट पंचायतमा दर्ता भएको देखिए पछि सो मिसिल अदालत अमिनीमा बुझाउनु भन्ने लेखिएकोले सो बमोजि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10वि.सं. २०१५संयुक्त इजलास

राज्य उलट पुलट

(१) आफूले लगाएको अभियोगमा आफैले अदालती कारवाईमा सरिक हुनु हुँदैन – कन्टेम्प्ट (मानहानी) का मामिलाहरूमा मात्र आफै बादी आफै न्यायाधीश हुनसक्ने । उजुरवाला आई.जी.पी.ले अदालतको विचारासनमा बसी आफूले लगाएको अभियोगमा आफै कारवाईमा सरिक हुनु राम्रो देखिन नआई आफै वादी आफ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9वि.सं. २०१५संयुक्त इजलास

सरसियोररीको रीट जारी गरी पाउँ

(१) राष्ट्र सेवकहरूको भ्रष्टाचार निवारण ऐनको दफा १८(३) – राष्ट्र सेवकसँग मुछिएको उपर कारवाई गर्ने अधिकार । राष्ट्र सेवक सँग मुछिएको व्यक्ति उपर कारवाई गर्न विशेष पुलिस विभागलाई भ्र.नि.१८ को ३ ले अधिकार प्राप्त छ । (प्रकरण नं.१७) (२) अ.बं.को दफा १५२ (१०) – जेथा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8वि.सं. २०१५एक न्यायाधीशको इजलास

बकसपत्र जालसाजी

(१) विधवा अंश धनको १ (४) नं – ४० बर्ष पुगेकी विधवाले हकवालाको मन्जूरी नलिई आफ्नो भागको चल अचल सबै बकसपत्र गरिदिएको बदर गराउन आएमा – हकवालाले हेरे विचार गरेको नदेखिएमा – अचलको आमदानीले बर्ष दिन सम्म खान नपुग्ने भए – हकवालाको मन्जूरी नभए पनि सदर हुने ठहर्छ । बकस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7वि.सं. २०१५

रोक्का बाली फुकुवा पाउँ भन्ने

(१) अंशबण्डाको ३९ नं – अंशको लागि नालिश उजुर परी अड्डाले अंशबण्डा गरी दिन पर्दा – धर्म गराई फाँट लिई बण्डा गर्नु पर्ने । अंशको नालिस उजुर परी बण्डा गरी दिनु पर्ने देखिन आए पछि दवाए छपाएको छैन भने धर्म गराई फाँट लिई बण्डा गरी दिनु भन्ने अंशबण्डाको ३९ नं.बमोजिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 5वि.सं. २०१५विशेष इजलास

धरौट मागी प्रकाशन रोक्ने अडर बदर होस् भन्नेसमेत

(१) छापाखाना प्रकाशन सम्बन्धी ऐनको दफा ५ (१) (ज) र ४ (३) – पत्रिकाको सम्पादकीय–भिन्न भिन्न बर्गमा वैमनष्य र घृणा पैदा गराउने देखिएमा – सरकारले धरौट मागेको मुनासिव । २०१३ साल चैत्र ३० गतेको सम्पादकीय “नेपालमा हिन्दू प्रथा किन ?” – को पंक्तिहरू “...सबै कुरामा हि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 5वि.सं. २०१५

हतियार चलाई काटेको

(१) अ.बं.१४ नं. – ज्यान मार्नाको उद्योग तथा ज्यान मार्न सम्मको अघिको रीस इवी नभई भनाभनको रीसमा नाबालकले खुकुरी चलाएमा – ज्यान मार्ने उद्योग गरेको सरकारवादी मुद्दा नठहर्ने । ज्यानै मार्ने र ज्यान मार्ने उद्योग गरी काटेको हुँ भन्ने बयान नभएको । ज्यान मार्नु पर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4वि.सं. २०१५पूर्ण इजलास

डाका कूटपीट

(१) आंशिक रिभ्यूको निस्सा भएकोमा – संपूर्ण मुद्दा हेर्न नमिल्ने – रिभ्यू हुने कुरा जतिलाई प्रभाव पार्ने कुरा हेर्न हुने । आंशिक रिभ्यूको निस्सा भएकोमा संपूर्ण मुद्दा हेर्न मल्दैन । तर त्यस आदेशबाट प्रभाव पर्ने कुरा हेर्न मिल्छ भन्ने सिद्धान्त ०१५।३।१०।३ मा फूल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3वि.सं. २०१५संयुक्त इजलास

जिमिदारी नामसारी

(१) जिमिदारी नाउंसारी – लिखतको म्याद भित्र दर्ता नगराए – साविक दर्तावाला मरे पछि दर्ता नगराए – नापी सवाल बमोजिम सर्पट महाजाँचको नापीमा दर्ता नगराए – दर्ता गरी नदिए ३५ दिनभित्र उजूर गरी अर्काको दर्ता बदर नगराए – जग्गा पजनीको ३४ नं. – आफ्नो हकको जग्गा अर्काको ना…

नजिर सार पढ्नुहोस् →