नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8 · वि.सं. २०१५

नि.नं. 8 — बकसपत्र जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विधवा अंश धनको १ (४) नं – ४० बर्ष पुगेकी विधवाले हकवालाको मन्जूरी नलिई आफ्नो भागको चल अचल सबै बकसपत्र गरिदिएको बदर गराउन आएमा – हकवालाले हेरे विचार गरेको नदेखिएमा – अचलको आमदानीले बर्ष दिन सम्म खान नपुग्ने भए – हकवालाको मन्जूरी नभए पनि सदर हुने ठहर्छ । बकस दिने चिर कुमारी समेत यही वादी समेतका नाउँमा अंश पाउँ भनी नालिस गरेको देखिएबाट वादीले हेर विचार गरेको भन्न नहुने र अंश मुद्दामा यही वादीले दिएको प्रतिवादीमा बर्ष दिनको आयस्ताले खान नपुग्ने भन्ने लेखिएकोबाट हेर विचार नगरेको र खाना समेत नपुग्ने देखिनाले त्यस्ता ४० बर्ष नाघि उमेर पुगी सकेकी विधवाले विधवा अंश धनको नं. १ को ४ दफा बमोजिम प्रतिवादी चेतलाललाई शेषपछिको बकसपत्र गरी दिएको सदर गर्ने ठहर्‍याएको इन्साफ अपिल पहिला फाँटका हाकीम असिष्टेन्टले छिनेको मुनासिव । (प्रकरण नं. ६) (२) हा.क.को १५ नं – राय बझाई छिनेको इन्साफ उल्टिएमा – राय बझाउने कर्मचारीलाई जरिवाना हुने । राय बझाई छिनेको इन्साफ उल्टीमा समेत वि.ढुंडिराज के हा.क.१५ नं. का ऐन बमोजिम मो.रु. २। दुई जरिवाना हुन्छ । (प्रकरण नं. ६) (३) हा.क.नं. १० – इन्साफ पारी छीन्ने हाकीम उपर अपील हुँदा – सोही इन्साफ सदर भएमा – अपील दिनेलाई दण्ड हुने । इन्साफ पारी छिन्ने हाकिम उपर अपील गरेमा हा.क.१० नं. का ऐन बमोजिम अपीलले लिने गरेको दण्ड रू ५।को पहिला तहको अपील हुँदा सैकडा १० ले मो.रु. ।५० पैसा दण्ड हुन्छ । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8
मुद्दाको विषयबकसपत्र जालसाजी
निर्णय वर्ष / मिति2014/11/27
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१५, नि.नं. 8
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्