नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4 · वि.सं. २०१५
नि.नं. 4 — डाका कूटपीट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आंशिक रिभ्यूको निस्सा भएकोमा – संपूर्ण मुद्दा हेर्न नमिल्ने – रिभ्यू हुने कुरा जतिलाई प्रभाव पार्ने कुरा हेर्न हुने । आंशिक रिभ्यूको निस्सा भएकोमा संपूर्ण मुद्दा हेर्न मल्दैन । तर त्यस आदेशबाट प्रभाव पर्ने कुरा हेर्न मिल्छ भन्ने सिद्धान्त ०१५।३।१०।३ मा फूलबेञ्चबाट कायम भई सकेको देखिनाले सो सिद्धान्त बमोजिम यस मुद्धामा भएको रिभ्यूको आदेश हेरिएमा बिगो र दण्ड तर्फ पुनः विचार गर्नु पर्ने देखिदा ...सो प्रभाब पर्ने जति सबै कुरा यस मुद्दामा खोली हेर्नु पर्ने देखिन्छ । (प्रकरण नं.२५) (२) चोरीको १, ७ र ९ नं.र कूटपीटको २ नं.चोरी, जवरदस्ती चोरी, डाका र लूटपीटका अवस्थाहरू – लूटपीट र डाकामा फरक । चोरीको १ नं.मा आफ्नो हक नपुग्ने चल धन माल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नलिई धनीको हक मेटाई वेईमानी गरी आफूले लिना खानाका लागि जुन सुकै कुरो गरी कसैले लग्यो भने सो चोरी ठहर्छ भन्ने र ऐजन ७ नं.मा चोरी गर्नाका निमित्त वा चोरी गर्दा कूटपीट हातपात गरी वा बाँधी थिची वा जिउ जखम अङ्गभङ्ग गर्ने डरत्रास देखाई वा नावालख र स्वास्नी मानिसको जीउको धन माल खोसी चोरी गरेकोमा जवरदस्ती चोरी गरेको ठहर्छ भन्ने र ऐजन ९ नं.मा ४ जना भन्दा बढताको जमात भै जवरदस्ती चोरीमा लेखिएका रितसंग र ठूलो जमात भै हात हतियार लिई उठाई छाडी हुल हुज्जत गरी चोरी गरेको डाका ठहर्छ भन्ने र लूटपीटको २ नं.मा आफूप्रति नोक्सान प¥यो भने अथवा आफ्नो हक लाग्ने हो भनी जग्गा जमीन, साँध सिमाना, साहु असामी, अंशबण्डा दान बकस, विजाई, विद्युत, रकम कलम, सन्धि सर्पण कुलो पानी बाली चराई नासो धरौट समेत ईत्यादि र अरू कुनै कुरामा धर पकड वा भनाभन झगडा लछार पछार सरम भै सोहि ठाउँ उसै बखतमा साथमा रहे भएको धनमाल नगदी जिन्सी खोसी लिए लगे नोक्सान गरेको समते लूटपीट ठहर्छ भन्ने उल्लेख भएको छ । प्रस्तुत मुद्दामा दुबै पक्षको पहिले देखि जानकारी भै एउटा चीज दुबै पक्षको आफ्नो संझी धर पकड वा भनाभन झगडा लछार पछार भै सोही ठाउँ उसै बखतमा साथमा भै रहेको धनमाल लगेको भन्ने बादी दाबी नहुँदा लूटपीटको २ नं.को अवस्था मिल्ने देखिँदैन । ४ जनाभन्दा बढीको ठुलो जमात भै कूटपीट हातपात बाँध छाँद गरी खुकुरी चलाई अङ्ग भङ्ग गर्ने डरत्रास देखाई हतियार छाडी चोरीको ७ नं.को ऐन बमोजिमको जवरदस्ती चोरीको रीतसंग वारदात गरेको भन्ने चोरीको ७, ९ नं.मा उल्लिखित भए मिलानको लेख दावी हुँदा लूटपीटको २ नं.को अवस्था मिल्ने नदेखी चोरीको ७, ९ नं.मिलानकै देखिन आएकोले सो ऐन बमोजिम वारदात कसूर डाका ठहर्छ । (प्रकरण नं.२६) (३) पुलिसमा साविती भई गरेको कागज अदालतमा इन्कार गरेमा – प्रकाणिकता । अरू सबुद प्रमाणबाट कसूर अपराध प्रमाणित हुँदैन र अभियोग सो पुलिसले गराएको ठाडो कागजलाई इन्कार गर्दछन् भने सो साविती कागज अकाट्य भनी मान्न मिल्दैन । सबुद प्रमाणबाट ठहरे बमोजिम अदालतबाट न्याय दिनु पर्छ । (प्रकरण नं.२७) (४) वारदात परे नपरेको अवस्था प्रमाणबाट अवगत हुने । मिसिल सामेल रहेका मेडिकल रिपोर्टबाट घरवाला वीरबहादुर चन्द्रबहादुरको आंग–जीउमा घा खत परेको देखिएको । सो घा खत निजहरूका जिकिर बमोजिम वारदातमा परेको नभै अरू किसिमबाट परेको । डाकाको वारदात परेकै हैन भनी कुनै अभियोगी लेखाई मौका सरजमीन समेतको भनाईबाट र अभियोगीको लेखाइ सरजमीनको राय समेतबाट बीरबहादुरका घरमा रातमा डाकाको वारदात परेकै भन्ने देखिनाले वारदातै परेको होइन । घरवालाको लेखाई झूठ्ठा भनी सारा मिसिल प्रमाणबाट भन्न नमिली वारदात परेकै देखिने । (प्रकरण नं.२८) (५) चोरीको १४ नं. – टांसिएको म्याद गुजारी बसेकालाई – हाजिर पक्राउ भएका बखत कारवाई हुने । ढाल ठकुरी घन पुतवार समेत २२ जनाले टांसिएको म्यादै गुजारी बसेकाले चोरीका १४ नं.का ऐन बमोजिम हाजिर पक्राउ भएका बखत कारवाई गरी ठहरे बमोजिम गर्न हाल मुद्दा मुल्तबी राख्ने । (प्रकरण नं.२८) (६) पुलिस र मौकामा भए गरेको अदालतको वेरीतको कारवाई – पुलिस बिपक्षी भई गरेको कारवाई – कानूनले मान्यता नदिने । मौका पुलिसको कारवाई तहकिकात प्रस्तुत मुद्दामा हेर्दा भारतीको बिपक्षी भई कारवाई गरेको प्रष्ट झल्कन्छ । उनै बिपक्षीले गरे गराएको कागज बूझेको सबुद कानूनले मान्यता दिनै हुँदैन । त्यस्तो बिपक्षीको हातको कारवाई अमिल्दो लेखको कुरा सांचो प्रमाणित मान्न लायक नभएको । पुलिस भारती बिरुद्धको मनशाय लिई कारवाई चलाएको । त्यस्ता पुलिसले गराएको कागज अरू प्रमाणबाट समर्थित नभए सम्म प्रामाणिक मान्न नहुने भई अरू माथी लेखिएका अवस्था प्रमाणबाट भारती उपर वादीले अदावतले झुठै फसाएको निर्णय देखिन आएको । (प्रकरण नं.२८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4 |
|---|---|
| मुद्दाको विषय | डाका कूटपीट |
| निर्णय वर्ष / मिति | 2015/09/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१५, नि.नं. 4 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
