नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 25 · वि.सं. २०१६

नि.नं. 25 — बकसपत्र बदर गरी अंश आयस्ता दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राणा शासनका प्राइमिनिष्टरहरूले गरी दिएको खड्गनिशानामा प्राइमिनिष्टरले साक्षीसम्म भईदिनु भएको भन्न नमिल्ने । उसबखतका प्राइमिनिष्टर घरसारका व्यवहारको लिखतका साक्षी बस्ने हैसियतमा हुनुहुन्नथ्यो । श्री ३ महाराज प्राइमिनिष्टरको हैसियतमा हुनुहुन्थ्यो । श्री ५ महाराजाधिराजबाट उसबखतका प्राइमिनिष्टरहरूलाई मुलुकको शासन चलाउने सारा कार्यभार सौंपी बक्सेको थियो र जुन जुन अवस्थामा जस्तो जस्तो हुकुम, ऐन, सनद, खड्गनिशाना उहाँहरूले गरी दिनु हुन्थ्यो, त्यै माफिक मुलुकको सारा कार्य चलेको थियो । त्यस किसिमको पावर भएको अवस्थामा प्राइमिनिष्टरले सदर भनी खड्गनिशाना गरी दिएको कागजमा भएको खड्गनिशानालाई साक्षीसम्म भईदिनुभएको भन्न मिल्दैन । (प्रकरण नं. १) (२) घरसारको व्यहारको लिखतमा भएको खड्गनिशानालाई रजिष्ट्रेशन सरह मान्नु पर्ने हो, होइन ? त्यो खड्गनिशानाको ऐनबमोजिम अड्डाखानाबाट पास भएका कागजको भन्दा बढ्ता मान्यता दिई आएको छ । श्री ५ को लालमोहर पनि खड्गनिशाना भएर मात्र श्री ५ बाट हुकुम बक्सेबमोजिम लालमोहर हुन्थ्यो । प्राइमिनिष्टरको बेवर्जित हुदैनथ्यो । त्यत्रो पावर श्री ५ महाराजाधिराजबाट पाएका प्राइमिनिष्टरहरूले गरेको खड्गनिशानालाई रजिष्ट्रेशन सरह मात्रै होइन कि बढ्तै मान्यता दिनु मनासिव देखिन्छ । दिई आएको पनि हो । (प्रकरण नं. २) (३) खड्गनिशानाबाट ऐन काटिन्छ वा काटिदैन, के हो ? ऐन काटी काम गर्नु गराउनु पर्ने कुरामा खड्गनिशाना हुन्थ्यो र त्यो खड्गनिशाना माफिक कार्य हुन्थ्यो । त्यस कारण उस अवस्थामा खड्गनिशानाले ऐन नकाटिने भन्न मिल्दैन । खड्गनिशानाले लालमोहरबाट सदर भएको ऐन काटिदैन भन्ना साथ हाल लागू भईरहेका मुलुकी सवाल आदि सनद, सवाल, खड्गनिशानाहरूबमोजिम भएको काममा र अब काम गर्न समेत बाधा दिन्छ, हाल अड्डाखानाहरूबाट नयाँ ऐन, सवाल, नियमको व्यवस्था नभएका सवै कुरामा पुरानो सवाल, सनदबमोजिम काम गरी आएको छ । त्यसकारण खड्गनिशानाले ऐन काटिदैन भनी कसरी भन्नु ? (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.25
मुद्दाको विषयबकसपत्र बदर गरी अंश आयस्ता दिलाई पाउँ
निर्णय वर्ष / मिति2011/10/03
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१६, नि.नं. 25
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्