नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3 · वि.सं. २०१५
नि.नं. 3 — जिमिदारी नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जिमिदारी नाउंसारी – लिखतको म्याद भित्र दर्ता नगराए – साविक दर्तावाला मरे पछि दर्ता नगराए – नापी सवाल बमोजिम सर्पट महाजाँचको नापीमा दर्ता नगराए – दर्ता गरी नदिए ३५ दिनभित्र उजूर गरी अर्काको दर्ता बदर नगराए – जग्गा पजनीको ३४ नं. – आफ्नो हकको जग्गा अर्काको नाउँमा दर्ता भएको थाहा पाएको २ बर्ष भित्र नालिस दिई दर्ता बदर वातिल नगराए – ७१ साल र त्यसै पछि र आखिर २००० सालमा भएको सनद ईश्तिहार र बडापत्र बमोजिम म्याद भित्र आफ्नो हक भोगको जग्गा आफ्नो नाउँमा दर्ता नगराए – बटैयादारहरू पनि बिपक्षी कै जग्गा कमाएकोमा सावित भएमा – हक पुग्न सक्तैन । (नजीरको रूपमा पेश गरिएका मीनबहादुर बि. सरस्वतीको मुद्दा १ गोपीलाल वि.सेवकको मुद्दा १ छट्याइयो) लिखतमा ७८ सालका बालीमा नाउँसारी गराई लिनु भन्ने लेखिएको । सो म्यादभित्र नामसारी गराई लिन नसकेको । सावित दर्तावाला जीतगोबिन्द ८३ सालमा मरे पछि आफ्ना नाममा नामसारी गर्न सक्नु पर्ने सो पनि नसकेको । आफ्नो हक पक्का भएका भए ८३ सालमा सपर्ट महाजाँच हुँदा सो मौजाहरू आफ्ना नाउँमा नाप जाँच गराई नापीमा दर्ता गराउनसक्नु पर्ने । नापीले बेहिसाब गरी आफ्ना नाउँमा दर्ता गरी नदिएको भए नापी सवाल बमोजिम ३५ दिन भित्र उजूर बाजुर गरी आफ्ना नाउँमा दर्ता गराउनसक्नु पर्ने । ३५ दिन भित्र उजूर नगर्नेको उजूर लाग्दैन भन्ने नापी सवालमा यस्तो महत्वपूर्ण कुरा लेखिएकोमा पनि सो कुराको बिचारै नगरी चुप लागि बस्ने वादीको हक कायम रहन कानूनले नसक्ने । त्यस पछि ८५ सालमा सो जिमिदारी – जग्गा मर्ने साविक दर्तावाला जीतगोविन्दका नाउँबाट निजको हक निजका छोरा पूर्णगोबिन्द र जीतगोविन्दका भाई हरिगोबिन्दको हक निजको छोरा कीर्तिगोविन्दको नाउँमा नामसारी दर्ता भएको कुरा वादीलाई थाहा जानकारी भएको वादी लेखबाटै देखिएको । त्यस उपर जग्गा पजनीका ३४ नं.का म्याद २ बर्ष भित्र उजूर बाजर गरि बदर बातिल गराउन समेत नसकेको, आफ्नो हक भोगको जग्गा जिमिदारी आफ्ना नाउँमा नामासारी गर्नु पर्छ । नामासारी गर्न नसके उजुर लाग्ने छैन भनी ७१ सालमा र त्यसपछि पटक पटक बीचमा र आखिर २०००।८।२७ गतेमा समेत सनद इश्तिहार बण्डापत्र भएको सो सनद इश्तिहार बण्डापत्रका म्याद भित्रमा समेत आफ्ना नाउँमा नामसारी गराई लिन र साल साल तिरो भरो गरेको निस्सा पेश गर्न समेत नसकेको । बटैयादारहरूले निजै पूर्णगोविन्द कीर्तिगोबिन्द भई जग्गा कमाएमा साबित भई कागज लेखी दिएको मिसिलबाट देखिएकोले दर्तावालाहरू कै भोग देखिन आएको । दर्ता भोग बेगर वादीको दाबीको जग्गामा हक पुग्छ भन्न नहुने । (प्रकरण नं.९) (२) अ.बं.को.१०६ नं. – हक नपुग्ने वादी दाबी खोरज हुने । अ.बं.१०६ नं.ले हक नपुग्ने वादीको नामसारी गरी पाउँ भन्ने वादी दाबी पुग्न सक्त्तैन । खोरज गरी दिने । (प्रकरण नं.९) (३) नामसारी गरी दिनमा मन्जूर भई प्रतिवादी दिएकोमा – नामसारी गरी दिनुपर्छ । कीर्तिगोबिन्द तर्फ माथि लेखिए बमोजिम वादीले दर्ता भोग तिरो भरो गर्न नसके पनि नाउँ सारी गरी दिनामा मन्जूर भई प्रतिवादी दिएको र अपीलबाट इन्साफ गर्न शुरुमा पठाउने फैसला भए पछि पनि अपील उजूर केही नगरी वादीका नाममा नाउँसारी गरी दिने मन्जूर भई चित्त बुझाई बसेको देखिएको । निज तर्फका अरू कसैको नामसारी गरी दिनु नपर्ने भन्ने उजूर भएको मिसिलबाट नदेखिएको हुनाले निजको हक जति नामसारी गरी दिनु भनी कीर्तिगोबिन्दलाई जनाउ दिने र नामसारी गराई लिनु भनी वादीको सकार गर्ने पूर्णप्रसादको वारिसलाई सुनाई दिनुपर्ने ठहर्छ । (प्रकरण नं.९) (४) हा.क.को नं.१५ – शुरु अपील सिंगलबेञ्चले समेत गल्ती गरेमा – शुरु अपीललाई जरिवाना हुने । शुरु अपील सिंगलबेञ्चले समेत केही गल्ती गरेको ठहर्छ । शुरु लाई अपीलले ऐन छाडेमा भनी जरीवाना गरी सकेकोले केही गर्नु पर्दैन । अपीललाई केही गल्ती गरेमा हा.क.७।१५ ले तजबीजी मो.रु.१। जरिवाना गर्नु । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3 |
|---|---|
| मुद्दाको विषय | जिमिदारी नामसारी |
| निर्णय वर्ष / मिति | 2014/04/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१५, नि.नं. 3 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
